लोकतन्त्र खतरामा प¥यो ः उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र खतरामा पर्दैै गएको टिप्पणी गरेका छन् । अहिलेको सरकारको गतिविधीले लोकतन्त्र खतरामा परेको उनको भनाई छ । ‘विभिन्न संघर्षबाट स्थापित लोकतन्त्र खतरामा पर्दै गयो । सरकारले आफ्ना गतिविधी सच्चाउन आवश्यक छ’, उनले भने । पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री एवम समाजवादी पार्टीका केन्द्रिय सल्लाहाकार भीमप्रसाद गौतमको १३ औ दिनको पुण्यतिथीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै यादवले आन्दोलनबाट प्राप्त भएको संघियता, समावेशीता लगायतका उपलब्धि खतरामा पर्न थालेको बताए । यादवले स्वर्गिय गौतमको योगदानको चर्चा गदै पार्टीले एक असल नेता गुमाउदा पिडाबोध भएको सुनाए ।

सो अवसरमा नेकपाका केन्द्रिय सदस्य रणिद बराल, नेपाली कांग्रेसका रामचन्द्र अधिकारी, बन्दीपुर गाँउपालिकाका अध्यक्ष पूणसिं थापा लगायतले बोल्दै बन्दीपुरको विकासमा गौतमको भुमिका बिर्सनै नसक्ने रहेको चर्चा गरे । समाजवादी जनता पार्टीका केन्द्रीय सल्लाहकार स्वर्गीय गौतम बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँको बखत भूमिसुधार तथा व्यवस्था मन्त्री भएका थिए । तत्कालीन जनमोर्चाबाट राजनैतिक यात्रा प्रारम्भ गरेका उनी उपाध्यक्ष समेत बने ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा तत्कालिन माओवादीसंग भएको एकतापछि उनी माओवादीबाट मन्त्री बने । पछिल्लो समय नयाँ शक्ति हुँदै समाजवादी पार्टीका नेता बनेका उनको राजनैतिक सक्रियता घटे पनि स्थानीयस्तरका विकास निर्माणमा भने निरन्तर कृयाशिल रहे । राजनितीक यात्रामा सुस्ताएका गौतम कृषी कर्ममा पनि सक्रिय रहेका थिए । गौतमको कात्तिक २७ गते विहीबार तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको हो । ७३ बर्षको उमेरमा अस्ताएका उनी निमोनियाका बिरामी थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button