नेपाल शिक्षक संघ तनहुँकाे बैठक सम्पन

दमौली । नेपाल  शिक्षक संघ जिल्ला कार्यसमितिको बैठक सम्पन्न भएकाे छ ।सरकारले जिल्लाहरूमा दरबन्दी मिलानकाे नाममा बि सं २०५६ सालभन्दा अगाडि तात्कालिक शिक्षा मन्त्री गाेविन्दराज जाेशी काे कार्यकालमा वितरित शिक्षक दरबन्दी अाज २२ बर्ष पछि व्यापक कटाैती हुन लागेको परिप्रेक्ष्यमा सरकारी उक्त निर्णयकाे विरूद्दमा उक्त बैठक विस्तारित रूपमा बाेलाईएकाे थियोे । बैठकमा सम्पूर्ण शिक्षकहरूले गाेविन्दराज जाेशीकाे शिक्षा मन्त्रीत्वकाललाई स्वर्णीमकालकाे रूपमा रहेको महशुस गरेका थिए । जुन समयमा सयौंको संख्यामा विद्यालय र हजारौंको संख्यामा शिक्षक स्थायी भएका प्रत्यक्ष देखेका भाेगेका थिए ।वि सं २०५६ देखि यता एउटापनि शिक्षक दरबन्दी थपिएको छैन । सभासदहरू यस विषयमा माैन र उदासिन छन । स्थानीय पालिकाहरू दाेहाराे दवावमा छन । शिक्षक बर्ग दरबन्दी कटौतीको खराे विराेधमा छन् । बैठकमा भएका महत्त्वपूर्ण निर्णयमा शिक्षक दरबन्दी कटौती गरि बेजिल्ला सरूवा गर्ने सरकारी रवाैयाकाे विरूद्दमा खराे रूपमा उत्रने र जिल्लाभरका शिक्षकहरूको अापतकालिन काेष ” शिक्षक कल्याणकारी काेषलाई जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको छ । साथै राजनीतिक नेतृत्वलाई ऐक्यबद्ध पार्न विगतदेखिनै शिक्षक संघले महत्त्वपूर्ण भूमिका खेल्दै अाएकाे र अागामी दिनहरूमा पनि तटस्थ तथा दवावमूलक ढंगले जानुपर्ने र जाेशीलाई भएको कारबाही विनास र्त फिर्ता हुन पर्नेमा अध्यक्ष कमलभक्त पाेख्रेल ले जाेड दिनु भएको थियोे । उपस्थित सम्पूर्ण शिक्षकहरूले हाल असल अभिभावक नपाएको महशुस गरेका थिए । शिक्षक संघको उक्त बैठकमा प्रा वि तहमा कक्षागत र नि मा वि तथा मा वि मा बिषयगत रूपमा शिक्षक दरबन्दी निर्धारण गर्नुपर्ने र जबर्जस्ती दरबन्दी कटौती गरेमा खराे रूपमा विराेधमा उत्रन शिक्षक संघ बाध्य हुने निर्णय गरिएको जनाईएकाे छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button