यातायात क्षेत्रको समस्या समाधानका लागि आयोग गठन गर्न सरकारसँग माग

दमौली खबर संवाददाता

दमौली, माघ २६

यातयात क्षेत्रमा देखिएका बेथिती, विसङ्गती र भद्रगोलको अन्त्यका लागि गण्डकी प्रदेशका तिन वटा छुट्टाछुट्टै संघ र संगठनले विहिवार सयुत्तः माग पत्र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने गरि पेश गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, नेपाल यातायात मजदुर संघ गण्डकीका अध्यक्ष किरणबाबु पन्त, अखिल नेपाल यातायात मजदुर संघ गण्डकीका अध्यक्ष सुर्यभक्त पौडेल लगायतद्धारा सयुक्त रुपमा हस्ताक्षरीत उक्त सयुक्त मागपत्र नेपाल यातायात मजदुर संघ तनहुँका उपाध्यक्ष श्रीभद्र कंडेल, पूर्व सल्लाहकार कृष्ण बहादुर केसी सहितको सयुक्त टोलीले प्रजिअ रिजाललाई बुझाउनु भएको हो ।

मागपत्रमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था ऐन २०५४ को नीतिगत व्यवस्था कार्यान्वयन गर्न यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी लगायतका कार्यालयहरु सरकारका संरचनाहरु हुन भनिएको छ । मागपत्रमा ऐन, कानुनको कार्यान्वयन र ट्राफिक प्रहरी आतंकको नियन्त्रण, ट्राफिकको दमन, चालकको लाइसेन्स निलम्बन, पिक एण्ड ड्रपको व्यवस्था, पूर्वधार विकास र पार्किङ सुविधा, प्रदुषण जाँच जरिवनाको त्रास, ऐन र नियमावली संशोधन, सबैको हुनुपर्ने, सिमानाको समस्या देशको समस्या लगायतका समस्या समाधानका लागि दिर्घकालिन समाधानका लागि आयोग गठन गर्नुृपर्ने माग राखेका छन् । सयुक्त टोलीले १५ दिनभित्र माग संम्बोधन गर्न आग्रह समेत गरेका छन् । अन्यथा ट्रेड युनियन संघहरु, यातायात स्वरोजगार तथा व्यवसायीहरु आफ्ना सम्पूर्ण सेवाहरु रोकेर आन्दोलनमा जान बाध्य हुने पनि जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button