राधा माविको वार्षिकोत्सव ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दमौली खबर संवाददाता

म्याग्दे, माघ १०

तनहुँको म्याग्दे गाउँपालिकाको जामुने स्थित राधा माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।

वार्षिकोत्सवको म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा श्रेष्ठले जीवन उपयोगी शिक्षाको अभावले गर्दा धेरै मानिसन बेरोजगार हुनु परेको बताउनुभयो । बेरोजगारी न्यूनिकरणको लागि व्यवहारिक शिक्षा हुन जरुरी रहेको बताउनुभयो । राधा माविले म्याग्दे गाँउपालिकाको शिक्षाको हकमा धेरै ठुलो योगदान गरेको हुदाँ अवको शिक्षा व्यवहारिक हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सैद्धान्तिक शिक्षाले मात्र समाज रुपान्तरण नहुने हुदाँ अव प्राविधिक शिक्षा, अर्थात सिपमुलक शिक्षाले मात्र परिवर्तन सम्भव हुने उहाँको भनाई थियो । साथै उहाँले शिक्षामा योगदान दिनका लागी पालिकाले नै विद्यालयलाई आवश्यक पर्ने वस खरिदका लागी ४० प्रतिशत अनुदान व्यवस्था गरिएको बताउनुभयो । सवैको साथ र सहयोगले विद्यालयका लागी आवश्यकीय बस खरिद गर्न सकिने हुदाँ सहयोग गर्न समेत अनुरोध गर्नुभएको थियो । गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले शिक्षाले नै मानिसलाई सार्थकता बनाउने हुँदा जीवनको मुख्य पाटो शिक्षा नै भएको बताउनुभयो । शिक्षा विना समाज परिवर्तन हुन नसक्ने उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले अवको शिक्षा गुणस्तरीय र उपलब्धीमुलक हुनुपर्ने वताउनुभयो । राधा मावि का विद्यार्थीले देश र समाजमा धेरै ठुलो योगदान गरेको उहाँको भनाई थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाँउपालिकाका शिक्षा शाखाका प्रमुख वुद्धिसागर खनाल, म्याग्दे २ का वडाध्यक्ष शिव वहादुर रानाभाट, शिक्षक रामभक्त रानाभाटल राजनैतिक दलका प्रतिनिधीहरु, समाजका अगुवा तथा वौद्धिक वर्ग, विद्यार्थीहरु लगायतले शिक्षा क्षेत्रका राज्य लगानी बढाउनु पर्ने र पाठ्यक्रम निर्माण गर्दा रोजगार दिन सक्ने खालको बनाउन सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छविलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button