स्थानीय निकाय एचआइभी एड्स र दिगोपनबारे अभिमूखीकरण सम्पन्न

दमौली खबर संवाददाता

दमौली, माघ १०

एड्स विरुद्ध राष्ट्रिय नेटवर्कले समुह नेपालले सरोकारवालासँग मंगलबार दमौलीमा आयोजना गरेको स्थानीय निकाय एचआइभी एड्स र दिगोपनबारे अभिमूखीकरण सम्पन्न भएको छ ।

अभिमूखीकरण कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख पुरातन सोचले गर्दा वैकुष्ठनाथ न्यौपानेले एचआईभी एड्सबाट संक्रमित व्यत्तिहरुलाई टुटाउने, छिन्नभिन्न गराउने पाईएकोले प्रचारात्मक र सूचना मूलक ढंगले व्यवस्थापन गरिनु पर्ने बताउनुभयो । पुरातन समाजले गर्दा लान्छना लगाउने र त्यसमै वर्षौ अल्झाईदिने गरेको पाईएको उल्लेख गर्दै यस्ता अभिमूखीकरण कार्यक्रमलाई व्यापकता दिन खाँचो रहेको बताउनुभयो । सचेतना कार्यको लागि नगरपालिको सहयोग गर्ने समेत नगर प्रमुख न्यौपानेको भनाई थियो ।

एचआईभी एड्सको क्षेत्रको समस्या समाधानको लागि दिगोपन दिन आवश्यक बजेट तथा योजना तजर््मा दिने उद्धेश्यले कार्यक्रम गरिएको हो । अभिमूखीकरण कार्यक्रममा एड्स विरुद्ध राष्ट्रिय नेटवर्कले समुह नेपालका उपाध्यक्ष रमेश पाण्डे, महासचिव अन्जु केसीले प्रशिक्षण दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button