होटल सासाईनमा मंगलवार बिहान आगलागि

सदरमुकाम दमौलीको मुख्यचोकमा रहेको होटल सासाईनमा मंगलवार बिहान आगलागिभएको छ। बिहान पौने २ बजे आगलागि भएको हो। विद्धुत सर्ट भई आगलागि भएको अनुमान गरिएको छ ।आगलागि भएपछि व्यास नगरपालिकाको दमकल,प्रहरि र स्थानियको सहायतामा आगलागि नियन्त्रणमा लिइएको थियो।

आगलागि लगत्तै ठुलो सजगता अपनाईएकाले मानविय क्षती नभएको होटल धनी रोजा शाहिले वताईन। आगलागिपछि होटलका पाहुनालाई होटलसंगै जोडिएको घरको छतबाट उद्दार गरिएको थियो।

एकजना हाम्फालेर बाच्न सफल भएको र सामान्य घाईते भएको बताईएको छ। होटलको तल्लो तलाको भाग सहित अधिकांश भागमा जलेर क्षति पुगेको छ।पुर्णरुपमा क्षतिको विवरण आऊन बांकि रहेको घटनास्थलमा रहेका प्रहरि नायव उपरिक्षक युवराज तिमिल्सेनाले बताए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button