आहारा खोज्दै पर्छन् चितुवा बस्तीमा

बन्दिपूर बजारको नजिकमा पर्छ थुम्का सामुदायिक वन । अहिले यो वन घना रुपमा विकास भएको छ । जंगली जनावर पनि बढेका छन् । फागनुको पहिलो साताको शनिबार यही वन क्षेत्रमा चितुवा मृत अवस्थामा फेला प¥यो । अन्दाजी सात र आठ वर्षको चितुवा ३८ किलोको रहेको चितुवा विषादी प्रयोग भएको आहारा खाएर मृत अवस्थामा भेटिएको प्रारम्भिक आँकलन गरिएको छ ।

यसअघि भानु नगरपालिका, व्यास नगरपालिकामा पनि जंगली जनावरको मृत्यु हुने गरेका घटना छन् । विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको संख्या आठ पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैँचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतवस्थामा फेला परेको थियो ।

मानिसको जनघनत्व बढेको क्षेत्र नजिक रहेको जंगल क्षेत्रमा वन्यजन्युको आक्रमण बढेको छ । डिभिजन वन कार्यालय तनहँुका प्रमुख कोमलराज काफ्लेले भने ‘बस्तीको नजिक जंगल छ । वन्यजन्तुको आक्रमणको डरले विभिन्न पासोहरु स्थानियले थाप्ने गरेका छन्’ उनले अघि भने, ‘जंगलमा आहाराको कमीले जंगली जनावरले मानवबस्तीमा प्रवेश गरि आक्रममण गर्ने गरेको छ ।’ यति मात्रै होइन, वन्यजन्तुका कारण मानव पनि जोखिममा छन् ।

वनमा घाँस दाउरा गर्न जाँदा चितुवा, भालु लगायतका हिंस्रक जनावरले मानिसलाई आक्रमण गर्ने गरेका छन् । डिभिजन वन कार्यालयको तथ्यांक अनुसार गत तीन वर्षमा चितुवाको आक्रमणबाट तनहुँमा १० बालबालिकाको मृत्यु भएको छ । आक्रमणबाट सातजना घाइते भएका छन् । उनका अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरि आक्रमण प्रमुख कारण नै आहारा हो ।

तनहँुका जंगली क्षेत्रमा आहारा प्रजाति छैनन् । मानवीय चाप र गतिविधिले वासस्थान पनि खलबलिएको छ । ‘त्यसैले चितुवाले मानव र घरपालुवा जनावरलाई आहारा बनाइरहेको छ’, उनी भन्छन् । भानु नगरपालिका वरपरका वनजंगलसँग जोडिएका मानवीय बस्तीमा छन् । बच्चाहरुलाई मात्र चितुवाले आफ्नो आहारा बनाइरहेको उनि बताउन्छन् । उनका

अनुसार चितुवाले आफ्नो आहारा र बासस्थान तत्काल आफूअनुकूल बनाउन सक्छ । जतिसुकै सानो झाडीमा समेत लुक्न खप्पिस हुन्छ यो जन्तु । उनकाअनुसार भानुका जङ्गलमा चितुवाले खाने आहारा प्रजाति र पानीको स्रोत मासिएकाले चितुवा मानववस्तीमा आउने गरेको छ । “जङ्गलमा पानीको व्यवस्था गर्न सकियो भने चितुवाको आक्रमण घटाउन सकिन्छ, जङ्गलमा पोखरी निर्माणका गर्न आवश्यक छ ।,”

उनले भने, उनका अनुसार पहिले वन्यजन्तुको यसको बासस्थान व्यवस्थापन र आहारा प्रजाति संरक्षण गर्नुपर्छ । त्यसपछि मानव बस्ती आफै व्यवस्थापन हुन्छ । संवेदनशील क्षेत्रमा रातको समयमा पनि बत्ती बाल्ने रे वन्यजन्तु उद्धार योजना बनाउनुपर्छ ।

वन्यजन्तु संरक्षणमा सञ्चारकर्मीको भूमिकाबारे छलफल

डिभिजन वन कार्यालय तनहँुको आयोजनामा वन्यजन्तु संरक्षणमा सञ्चारकर्मीको भूमिकाबारे छलफल गरिएको छ । सोमबार आयोजना गरेको अन्तरक्रियामा वन्यजन्तुको संरक्षणका लागि सञ्चारकर्मीले खेल्न सक्ने भूमिकाका बारेमा छलफल गरिएको हो । पृथ्वीमा रहेका हरेक वन्यजन्तुको बाँच्न पाउने अधिकार रहेकाले वन्यजन्तुको संरक्षण गर्नुपर्ने डिभिजन वन प्रमुख काफ्लेले बताए ।

उनले भने,“मानिसको कारण वातावरण बिग्रदै गएको र सोही कारण वन्यजन्तु नाश हुने क्रम बढेकाले सञ्चारकर्मीले यसबारेमा कलम चलाउनुपर्छ,” उनले भने । वन्यजन्तुको संरक्षण गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पनि सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा काफ्लेको जोड थियो । वन्यजन्तुको आनीबानी थाहा पाउँदै यसबाट बच्न सकिने उपायका बारेमा सर्वसाधारणलाई सचेत गराउनुपर्ने उहाँको भनाई थियो ।

“चितुवा मारेर वा पासोमा पारेर मात्रै समस्या समाधान हुँदैन, मानव र वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नु नै उत्तम उपाय हो,” उनले भने, “वन्यजन्तुको संरक्षण गर्नु अपरिहार्य छ ।” सो अवसरमा डिभिजन वन कार्यालयका प्रमुख काफ्लेले वन्यजन्तु संरक्षणका लागि कार्यालयले अवलम्बन गरिरहेको प्रयासका बारेमा जानकारी गराए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button