तनहुँका कर्णाली भनेर चिनिने जनताको अवस्था परिवर्तन गछौंः मन्त्री चुमान

दमौली खबर संवाददाता

तनहुँ, फागुन १ गते

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले तनहुँका कर्णाली भनेर चिनिने जनताको अवस्था परिवर्तन गरिने बताउनु भएको छ । २८ औं जनयुद्ध दिवसको उपलक्ष्यमा नेकपा माओवादी केन्द्र बन्दीपुर र देवघाट गाउँ कमिटीले बन्दीपुर–६ मा गरेको सभालाई सम्बोधन गर्दै मन्त्री चुमानले सो कुरा बताउनु भएको हो ।

तनहुँको कर्णाली भनेर चिनिने तनहुँको साविक सातवटा गाउँपालिकाहरु हाल बन्दीपुर गाउँपालिकाको धरमपानी, आँबुखैरेनी गाउँपालिको छिम्केश्वरी र देउराली, देवघाट गाउँपालिकाको कोटा, बैदी, छिपछिपेको जनताको मुहार फेर्ने गरी विकासका पूर्वाधारहरु बनाउन ध्यान दिने मन्त्री चुमानले बताउनुभयो ।

जनयुद्ध अत्याचारी शासन व्यवस्थालाई परिवर्तन गर्न नयाँ निर्माण, सोच र चेतनाको निम्ति भएको नेता चुमानको भनाई थियो । ‘‘पहिलोको अत्याचारी शासन व्यवस्था थियो, पुरानो र सामन्ती सोचलाई परिवर्तन गर्ने, सबैलाई न्याय पाउने शासन व्यवस्थाको लागि जनयुद्ध गरिएको थियो मन्त्री चुमानले भन्नुभयो, विभेद र अन्याय र अत्याचार नहुने शासन व्यवस्था चाहन्थ्यौं त्यो जनयुद्धले पुरा गरेको छ ।’’ जनताको छोरो सक्षम भएमा देशको नेतृत्व गर्ने स्थानमा पुग्छ भन्ने कुरा जनता राष्ट्रपति बन्ने अवसरमा माओवादीले सुरु गरेको जनयुद्धले गरेको मन्त्री चुमानको भनाई थियो ।

विश्वकै झकझकाउने कम्पन आउने गरी जनयुद्धले गर्दा सबैको ध्यान नेपालमा ध्यान तानिएको उहाँको भनाई थियो । भुकम्पकको केन्द्रबिन्दु तरङ्ग ल्याए जस्तै संसारै नेपालको जनयुद्धले संसारै हल्लाएको मन्त्री चुमानले बताउनुभयो । ‘‘नेपालमै परिवर्तनको लागि लडिएको संसारै भरीको परिवर्तनको लागि पाठशाला बनेकोले संसारकै ध्यान नेपाल तानिएको थियो’’ मन्त्री चुमानले भन्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य हेमराज लामिछाने क्षितिज, गण्डकी प्रदेशका सहसचिव अतेन्द्रकेशरी न्यौपाने, केन्द्रीय सल्लाहकार सदस्य गुणनिधी शर्मा, बन्दीपुर गाउँपालिकाका पूर्व अध्यक्ष पूर्णसिंह थापा, देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, आदिवासी जनजाति मोर्चाका केन्द्रीय सदस्य सिद्धान्त थापा लगायतले शासकीय स्वरुप परिवर्तनको लागि जनयुद्धले गर्दा सम्भव भएकोले यसको बारे भावी पुस्तालाई जानकारी दिन पाठ्य पुस्तकमा समावेश गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

सोही कार्यक्रममा माओवादी केन्द्रबाट तनहुँबाट पहिलो शहीद बन्नु भएका शोभाकान्त पोख्रेलको स्मृतिका निर्माण गरिएको प्रतिक्षालयको मन्त्री चुमानले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा शहीद पोख्रेलको धर्मपत्नी खुदमाया देवी पोख्रेल र प्रतिक्षालय निर्माणको लागि जग्गा दान दिनुहुने कोना गुरुङलाई सम्मान गरिएको थियो । यस अघि मन्त्री चुमान व्यास नगरपालिका–१ ठुलोगाउँमा आयोजित कार्यक्रममा समावेश हुनु भएको थियो । सो अवसरमा मन्त्री चुमानलाई ठुलो गाउँ टोल र लालीगुराँस आमा समुहले स्वागत तथा सम्मान गरेको थियो । टोलका अध्यक्ष कृष्णबहादुर दरै ‘स्टार’ र आमा समुहको अध्यक्ष शारदा बसौला लगायतले बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा मन्त्री चुमानले विकासको कामलाई सधैं साथ दिने बताउनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button