कालिका पार्कमा डस्बिनको व्यवस्थापन

व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका सहिद शान्ति पार्क क्षेत्रमा आइतबार सरसफाई गरिएको छ । दशैंको दोस्रो दिन व्यास युवा क्लवले शान्ति पार्कमा रहेको कालिका मन्दिर क्षेत्रमा सरसफाई गरेको हो । धार्मिक क्षेत्रलाई सफा र स्वच्छ राख्ने उद्देश्यसहित सरसफाई गरिनुका साथै मन्दिर जाने बाटोमा ८ वटा फलामे डस्टविन राखिएको क्लवका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । भक्तजनको उल्लेख्य सहभागिता रहने मदिरमा जथाभावी रुपमा फोहर फाल्न सक्ने हुँदा डस्टविनको व्यवस्था गरिएको गुरुङले बताए । कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले युवाहरु रचनात्मक काममा लाग्नुपर्नेमा जोड दिँदै युवा क्लवको कार्यको प्रशंसा गरे ।

तनहुँ कालिका सहिद शान्ति पार्कका उपाध्यक्ष माधवबहादुर पन्तले आगामी बैठकबाट व्यास युवा क्लवका अध्यक्षलाई पनि समितिको सदस्य बनाउने विषयमा आफूले पहल गर्ने बताए । त्यस्तै नेपाल रेडक्रस सोसाईटी तनहँु शाखाका कोषाध्यक्ष हरिशण पण्डितले युवाले नै समाजमा सकारात्मक परिर्वतन गर्न मुख्य भुमिका खेल्ने बताए । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष निरज गुरुङ, उपाध्यक्ष ‍केशव राना, सचिव मनोज राउत लगायतले युवा क्लवले गरेको विभिन्न सामाजिक कार्यका बारेमा जानकारी गराएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button