छाब्दी वाराही र तिनखोले देवी मन्दिरमा नियमित पूजा सुरु

दमौली खबर संवाददाता
दमौली, १ भदौ ।
तनहुँको प्रसिद्ध धार्मिक तिर्थ स्थलहरु व्यास नगरपालिका स्थित छाब्दी वाराही र शुक्लागण्डकी नगरपालिका स्थित तीनखोले देवी मन्दिरमा नियमित पुजा सुरु भएको छ । गत श्रावण महिनाभर बन्द रहेको पुजा आराधना भदौ लागेसँगै सुरु भएको हो ।
यि मन्दिरमा पूजा गर्नाले विभिन्न मनोकांक्षाहरु पुरा हुने विश्वास रहेको छ । तीन खोलाको संगम स्थलमा रहेको मन्दिर १८८७ मा स्थापना गरिएको थियो । धार्मिक आस्थाअनुसार निकै महत्वपुर्ण मानिने मन्दिरसम्म पुग्न अहिले सडक विस्तारसँगै मन्दिर परिसरमा विभिन्न विकास निर्माणका कामहरु भईरहेको अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिनुभयो । पूजाको लागि खुला गरिएको भएपनि मन्दिरमा परेवा उडाउन भने प्रतिबन्ध लगाईएको । परेवा रोग लागेर मर्न थाले पछि रोक लगाईएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button