सिन्धुलीमा दुर्घटना बारे सांसद स्वर्णिम वाग्ले द्वारा CDO सुनिता नेपालसँग कुरा गरेर खोजी कार्यलाई तिब्रता दिन आग्रह

गत शुक्रबार (जेठ १९) मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खस्दा निर्देशकद्वय कृष्णबहादुर केसी र यमबहादुर भुजेल अनि प्राविधिक अधिकृत भानु पौडेल बेपत्ता हुनुहुन्छ।  उक्त दुर्घटना मा गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए ।

कृष्ण केसी भानु १० (तनहुँ) निवासी हुनहुन्छ। भर्खरै CDO सुनिता नेपालसँग कुरा गरेर खोजी कार्यलाई तिब्रता दिन तनहुँ १ का स्वर्णिम वाग्लेले आग्रह गर्नु भएको छ । कुरिनटारबाट शसस्त्र प्रहरी र सुन्दरीजलबाट नेपाली सेनाको टोली घटनास्थलमा छन्। पानीको करेन्ट चर्को भएकोले खोजी कार्यमा वाधा छ। CDO नेपालले भोली दुर्घटनास्थल पुगेर थप विवरण दिनुहुनेछ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button