सांग्रिला बैंकको दमौली शाखाको प्रबन्धमा भण्डारीले कार्यभार सम्हाले

दमौली खबर संवाददाता
दमौली, १ भदौ । दमौली स्थित सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको शाखा प्रबन्धकमा दिवाकर भण्डारी ले बुधबारबाट कार्यभार सम्हाल्नु भएको छ । शाखा प्रबन्धक भण्डारी यस अघि शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा शाखाको प्रबन्धक हुनुहुन्थ्यो । भण्डारी  यस अघि दमौलीमा लामो समय बसेको र पत्रकारिता सलग्न भई काम समेत गरेकोले धेरै चिनाजानी भएकोले काम गर्न सहज अपेक्षा गरिएको छ । दमौली खबरसँग प्रतिक्रिया दिँदै ऋण सहज रुपमा प्रदान गर्ने र दमौली बजार मात्रै केन्द्रीत नभई ग्रामिण समेत पुगेर ऋण लगानी गर्ने बताउनुभयो । ‘कागजात पुगेको अवस्थामा दुई दिन भित्रै ऋण प्रवाह गछौं, हामी सरल छिटो सुविधा प्रदान गर्न प्रतिबद्ध छौं’ भण्डारीले भन्नुभयो ।
बैंकका अनुसार यो योजनाअन्तर्गत बचत रकम अनुसार चार गुणा, पाँच गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ । योजना अन्तर्गत आफ्नो ग्राहकले बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम प्रतिफल प्राप्त गर्न सक्ने र १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः पाँच गुणा र १० गुणा रकम प्रतिफल प्राप्त गर्न सक्ने जनाइएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै ’सांग्रिला मुद्दती धमाका’ योजना सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात १० हजार रुपैयाँबाट सुरु गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकले यो योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको शाखा प्रबन्ध भण्डारीले जानकारी दिनुभयो ।  ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने÷दिने दिनसम्म पुँजीकरण गरिएको ब्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । यस योजनामा सहभागी हुन चाहने ग्राहकले मुलुकभर रहेको एक सय १२ शाखा कार्यालय मार्फत सेवा लिन सक्ने शाखा प्रबन्धक भण्डारीले  बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button