पत्रकार भण्डारीसँग विमर्श कार्यक्रम गरियो

दमौली खबर संवाददाता

दमौली ८ फागुन
प्रजातन्त्र दिवसको अवसरमा वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीले दमौलीमा बौद्धिक र राजनीतिक क्षेत्रका व्यक्तिहरुसँग विमर्श कार्यक्रम गर्नु भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन र गन्तव्य विषयक विमर्श कार्यक्रम उनले गरेका हुन । पत्रकार भण्डारीले बौद्धिक, राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रका व्यक्तिहरुसँग आईतबार अन्तरक्रिया गर्नु भएको हो ।
संचारकर्मीहरु समेत उपस्थित उक्त कार्यक्रममा पत्रकार भण्डारीले देशमा लोकतन्त्र र गणतन्त्र आएको लामो समय भइसक्दा पनि जनताले सोचे अनुसारको हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । अझै पनि जनताका इच्छा, चाहना पुरा हुन नसकेको भन्दै सरोकारवाला निकायहरुले सरकारलाई खबरदारी गरिरहनुपर्ने भण्डारीले बताउनुभयो । संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्न यस्ता कार्यक्रमहरु निरन्तर रुपमा भइरहनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकमा माओवादी केन्द्रकी नेतृ तथा पूर्व मन्त्री आशा कोइराला, नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, रेडक्रस तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतम, कांग्रेस नेता समुन्द्र गोदार, नेकपा एसका जिल्ला अध्यक्ष श्रीराम कार्की,साहित्यकार शेषमणि आचार्य, रामबहादुर अधिकारी, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, पत्रकार अस्मिता खनाल लगायतकाले यस्ता कार्यक्रमहरुले उपलब्धीहरुको संरक्षण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वक्ताहरुले लामो समयसम्म तनहुँको पत्रकारिता क्षेत्रमा बिताएका पत्रकार भण्डारीले सरोकारवाला निकायहरुलाई बोलाइ यस किसिमको कार्यक्रम गर्नु अत्यन्तै सकारात्मक रहेको भन्दै खुलेरै प्रशंसा गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button