जनजुक्त शाही माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव सम्पन्न वार्षिकोत्सवमा पत्रकार वाग्ले सम्मानित

दमौली खबर संवाददाता

दमौली, पुस २७

व्यास ६ साँगे स्थित जनजुक्त शाही माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । वाषिर्कोत्सवको नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा सदस्य भण्डारीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा नेता भण्डारीले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा राज्यको विशेष ध्यान पुग्नु पर्ने बताउनुभयो । गुणस्तरीय शिक्षाका लागि शिक्षक ,विद्यार्थी र अभिभावकहरु समेत सजग हुनुपर्ने सांसद भण्डारीको भनाई थियो । ‘राज्यले शिक्षाको क्षेत्रमा ठूलो लगानी गरेको भएपनि सही सदुपयोग भएको छैन’ भण्डारीले भन्नुभयो । सो अवसरमा जुझारु पत्रकार मदन वाग्लेलाई सम्मान गरिएको थियो दि हिमालय टाइम्स राष्ट्रिय दैनिकका संवाददाता मदन वाग्ले बुधबार सम्मानित हुनु भएको छ । भण्डारीले पत्रकार वाग्लेलाई दोसल्ला ओढाइ सम्मानपत्रद्वारा सम्मान गर्नु भएको हो । विद्यालयको शैक्षिक एवं विभिन्न गतिविधिलाई समुदाय समक्ष पत्रकारिता मार्फत सम्प्रेषण गरी योगदान पु¥याएको भन्दै पत्रकार वाग्लेलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । सम्मानले आफुलाई थप अगाडि बढ्न हौसला प्रदान गरेको पत्रकार व वाग्लेले बताउनुभयो । रिपोर्टस क्लब नेपाल गण्डकी प्रदेशका अध्यक्ष समेत रहनु भएका पत्रकार वाग्ले यस अघि पनि पत्रकार वाग्लेलाई दर्जनौ संघसंस्थाहरुले सम्मानित गरिसकेका छन । सोही अवसरमा प्रा.डा. ईश्वरचन्द्र वाग्ले समेत सम्मानित हुनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • All
    #-गजल-#
Back to top button