मैले एउटा भूल गरे

कमल खनाल , तनहुँ

म जन्मिए
न जन्मिएको भय
रोग भोक र शोकसगं
साईनो लगाउनै पर्थेन
मर्छु कि भनेर डराउनै पर्थेन
तर
अहिले म डराई रहेको छु
रोगले मर्छु कि
भोकले मर्छु कि
शोकले मर्छु
म तड्पिरहे छु
म जन्मिए
म जन्मिए बाँच्नुपर्छ
त्यसैले
पीडा भैरहेको छ
अरू मरेको देख्नु पर्छ
भोकले चिच्याएको सुन्नुपर्छ
शोकले विछिप्त समाज हेर्नुपर्छ
यी मेरा कुनै बिषय हुन्थेन्न
म नजन्मेको भय
जन्मेर मैले भूल गरे
उसले म संग माया माग्यो
अलिकति आसु माग्यो
पल पलमा रून खोज्यो
उपचारसगै, आमा खोज्यो
सुन्यो मुर्छा पर्यो
आमाको माया खोज्दै
गहिरो खाडलमा पस्यो
फर्किएन उ गयो
आमा संगै सुत्यो
यी सवै दृष्यमा मलाई पनि
भाग लाग्यो
त्यसैले
मैले एउटा भूल गरे
जन्मिनै हुन्थेन ,जन्मिए
रोग भोक र शोक सबै भोगे
आमालाई दुख दिए
चरम चित्कार सुने
मृत्यु जस्तै अर्को सुख खोजे
तर पाईन
त्यसैले मैले एउटा भूल गरे

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button