बन्दीपुर गाउँपालिकाका महिलाहरुमा पाठेघरमा देखिने क्यान्सरका विरामीको संख्या बढ्दो

दमौली खबर संवाददाता

तनहुँको बन्दीपुर गाउँपालिकाका महिलाहरुमा पाठेघरमा देखिने क्यान्सर बढीमात्रामा देखिन थालेको छ । यसैसाता बन्दीपुर गाउँपालिकाको वडा नम्बर ६ मा गरिएको पाठेघरको क्यान्सर सम्बन्धी शिविरमा एउटै वडामा ११ जना महिलाहरुमा उक्त रोग देखिएको हो । पालिकाले महिलाहरुलाई ध्यानमा राखी निशुल्क शिविर आगामी दिनहरुमा सबै वडाहरुमा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो ।

बन्दीपुर अस्पतालका सुचना अधिकारी रामप्रसाद भट्टराईले पाठेघरको क्यान्सले महिला आमादिदिबहिनीहरु ग्रसित भएको परिपेक्ष्यमा धरमपानीमा शिविर गर्दा ६ जना उपचारमा रहेको बताउदै बाँकी वडाहरुमा पनि शिविर सञ्चालन गरि रोगपत्ता लगाउने कार्यमा अस्पताल लागिपरेको बताउनुभयो । उहाँले हरेक दिन बन्दीपुर अस्पतालमा महिलाको पाठेघरको निशुल्क स्वास्थ्य परिक्षण गरिने जानकारी दिनुभयो ।

बन्दीपुर अस्पतलाका डक्टर आशिष अधिकारी अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा उपचारमा धेरै ठुलो समस्या परेको बताउदै सम्बन्धीत निकायले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा छिटै उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button