गीतकार खनालको ‘आफैभित्र स्वतन्त्रता खोज्न गारो भो ’ बोलको गीत सार्वजानिक

दमौली खबर संवाददाता

दमौली, माघ ११

तनहुँको व्यास नगरपालिका–११, पोल्याङ, खनालगाउँ जम्मघर भई हाल काठमाडौं निवासी गीतकार कमल खनालको ‘‘आफैभित्र स्वतन्त्रता खोज्न गारो भो ’’ बोलको गीत सार्वजानिक भएको छ । गीतकार खनालले आफ्नै कमल खनाल नामक युवटुब च्यानल मार्फत अडियो सार्वजानिक गर्नु भएको हो ।

गीतमा चर्चित गायक स्वरुपराज आचार्यको श्वर रहेको छ भने वरिष्ट संगितकार शान्तिराम राइको सुमधुर संगीत गरेको छ । नयाँ एवं फरक परिवेशमा रचना गरिएकोले गीतले दर्शक तथा स्रोताको मन जिप्ने विश्वास लेखकले लिनु भएको छ । गीतकार खनालको दुई दर्जन बढी गीत रेकर्ड भईसकेका छन् । राष्ट्रिय खेलकुद परिषदका पूर्व सचिव खनालले ‘म मान्छे खोजिरहेछु’ पुस्तक समेत प्रकाशित गरिसक्नु भएको छ ।

गीतकार खनालले आफ्नै च्यानलबाट चार महिना अघि शिव परियारको आवाजमा रहेको ‘‘दोष कसलाई दिउँ’’बोलको गीत पनि सार्वजानिक गर्नु भएको थियो । सो गीतमा पनि संगित राईकै रहेको छ । राइकै संगित केही वर्ष अघि अन्जु पन्थको आवाजमा रहेको ‘म हारे’…बोलको गीत गीतकार खनालले सार्वजानिक गर्नु भएको थियो । गीतकार खनाल राष्ट्रिय खेलकुद परिषदका पूर्व सचिव हुनुहुन्छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button