ऋषिङ दाउराले हानेर वृद्धको हत्या

दमौली खबर संवाददाता

तनहुँ, फागुन ९

तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटमा एक युवकले दाउराले हिर्काएक वृद्धको हत्या गरेका छन् । बर्ष ३९ को सन्तबहादुर सुनारले दाउरा प्रहार गरी सोही ठाउँको वृद्धको हत्या गरेको प्रहरीले जनाएको छ ।

सुनार बर्ष ६१ को जितबहादुर घिमिरेलाई सालको दाउराले टाउको समेतको संवेदनशिल अंगहरुमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्ष मोहन बहादुर खाँडले जानकारी दिनुभयो ।

सुनारले सोमबार बिहान दाउराले हानी गम्भिर घाइते बनाएकोमा घाईते घिमिरेको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा सोमबार दिउँसो दुई बजे मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिनुभयो । उक्त घटनामा सङ्लग्न सुनारलाई नियन्त्रणमा लिई सोमबार नै तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button