तनहुँकी प्रतिमालाई बेष्ट पेजेन्ट डाइरेक्टर अवार्ड

नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०७७ मा बेष्ट फिमेल पेजेन्ट डाईरेक्टर अफ दि ईयरको अवार्ड ग्याल्म वर्ल्ड ईन्टरटेमेन्टकी प्रतिमा कार्कीले प्राप्त गरेकी छिन् । राष्ट्रिय नाचघर जमलमा गत बैशाख १४ गते आयोजना गरीएको उक्त कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमूख आतिथ्यता रहेको थियो। पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीको हातबाट उनले उक्त अवार्ड ग्रहण गरेकी हुन् ।उनी विगत ६ वर्ष देखि निरन्तर व्यूटि पेजेन्टका क्षेत्रका सक्रिय रहदै आएकी छिन् ।

ग्याल्म वर्ल्ड ईन्टरटेमेन्टकी सि.ई.ओ समेत रहेकी प्रतिमाले हाल सम्म मिसेस नेपाल ग्याल्म, मिष्टर एण्ड मिस टिन इन्टरनेशनल , मिस एण्ड मिस्टर सि.ग्याल्म,मिस.सि.युनिर्भसल लगायतका व्यूटि पेजेन्ट प्रतियोगिताहरु अयोजना तथा निर्देशन गर्दै आइरहेकी छिन् । मिसेस नेपाल ग्याल्मबाट उनले विजेताहरुलाई अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा समेत सहभागी गराउँदै आएकी छिन् । यस बाहेक उनी विभिन्न इभेन्टको तालिम तथा सौन्दर्य प्रतियोगिताहरुमा निर्णयकको रुपमा सक्रिय छिन्

उचित अवसरको अभावका प्रतिभा प्रस्फुटन हुन नपाएका युवायुवतीहरुको लागि लक्षित गरी उनले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको उनको भनाइ छ । उनका अनुसार मोडलिङ क्षेत्रमा आउन चाहानेहरुका लागि व्यूटि पेजेन्ट प्रथम खुट्किलाको रुपमा रहने गर्दछ । अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताहरुमा नेपाली प्रतियोगी सहभागी गराउँदा नेपालको कला ,संस्कृति, भेषभुषा अन्तराष्ट्रिय जगतसम्म फैलाउन केहि हदसम्म सहयोग मिल्ने उनको दाबी छ।


उनले यो अवार्डले उनलाई थप उत्साहित बनाएको बताउँदै गर्दा यो सफलता आफ्नो मात्रै नभइ सम्पुर्ण टिमको रहेको पनि बताइन्।नेपालमा ग्याल्मर क्षेत्रमा बढ्दै गएको आम युवा पुस्ताहरुको रुचिलाई मध्यनजर गर्दै आगामी समयमा नेपाल मा नै अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता अयोजना गर्ने उनको योजना रहेको छ । तनहुँ स्थाई घर भइ हाल काठमाडौँ मा कार्य क्षेत्र बनाएकि कार्की पेशाले कानून व्यवसायी हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button