भानु हत्या घटनाः अरुलाई जोगाउने गुरुङले आफैलाई जोगाउन सकेनन्

दमौली खबर संवाददाता

तनहुँ, माघ २ ।

अरुलाई जोगाउन खोज्दा तनहुँका एक व्यक्ति आफै मृत्यु वरण गर्नु परेको छ । धारिलो हतियार खुँडा लिएर आवेका हिडेका युवकलाई रोक्ने क्रममा तनहुँको भानु नगरपालिका–६ टुहुरे पसल बस्ने वर्ष ४९ को सन्त बहादुर गुरुङको ज्यान गएको हो । । व्यास नगरपालिका –८ रिस्ती बस्ने बर्ष २४ को आशिष परियारलाई रोक्ने क्रममा गुरुङको मृत्यु भएको हो । परियारले सोमबार बिहान ११ः३५ खुडाँले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी टुहुरे पसलका प्रमुख झनक महतले जानकारी दिनुभयो । गुरुङकै घरमा पसेर खुँडा बोकेर हिडेपछि अरुको ज्यान अरुको ज्यान जोगाउँछु भनेर रोक्ने प्रयाश गरेको बेला परियारले आवेगमा आएर घाँटीमा प्रहार गर्दा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महतले जानकारी दिनुभयो ।

पुलिम¥र्याङ्गबाट आएर त्यही नजिकै झारफुक गरेर बुटि बाँधेर गुरुङ हिँडेको स्थानीयले बताएका छन् । विरामी भएर आएका परियार झारफुक गरेर बुटी बाँधेपछि आवेगमा आएर मान्छे कुट्दै, पिट्दै, टोक्दै हिडेको स्थानीय अबिन परियारले जानकारी दिनुभयो । १५ मिनेटमा मृतक व्यक्तिको घरबाट खुँडा निकालेर सडकमा नचाए पछि सो रोक्न जाँदा घटना घटेको स्थानीयले बताएको प्रहरीले जनाएको छ । अभियुक्त परियारलाई स्थानीय र पुलिसको सहयोगमा प्रहरी नियन्त्रणमा रहेको घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । प्रहरी चौकि र घटनास्थल करिब १०० मिटर दुरीमा अवस्थित छ । दुवै व्यक्ति बिच कुनैपनि भेटघाट, झगडा, रिसिबी नरहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले बताइएको छ । घटनापछि सो गाउँ शोकमा डुबेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button