अस्पताल जस्तो क्षेत्रमा गंभिर बनौं

तनहुँको सदरमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पताल १५ बेड क्षमताको रहेपनि हाल ५० बेड सञ्चालन गरिएको छ । बेड धेरै सञ्चालन गरिएको भएपनि जनशक्ति थप नहुँदा विरामीले उपचारको लागि पालोकुर्नु पर्ने अवस्था छ । जनशक्ति थप नहुँदा ११ महिना देखि निमित्तको भरमा सञ्चालनमा छ । अस्पतालमा लामो समयदेखि ‘मेडिकल सुपरिटेण्डन्ट’ नहुँदा सेवा प्रभावित बनेको छ ।

अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रूपमा कार्यरत डाक्टर सुनिल पौड्यालको गत चैत्र १५ गते सरुवा भएपछि वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । अस्पतालमा कार्यतर डा. दिवश ढकालले निमित्तको रूपमा काम गर्दै आउनु भएको छ । १० औं तहका पौड्याल सरुवा भएपछि आठौं तहका डा. ढकाललाई अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिईएकोले समस्या परेको छ । गण्डकी प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिनु पर्ने भएको छ । स्वास्थ्य भनेको धेरै नै संवेदनशिल भएकोल त्यसमा जनशक्ति थप गर्न ढिलाई गर्नुहुँदैन । निमित्त प्रमुखले महत्वपूर्ण निर्णय गर्न तथा माथिल्लोे तहको कर्मचारीलाई काममा खटाउन समस्या पर्ने गरेको छ । जिल्ला स्तरीय यस अस्पतालमा शल्यक्रिया, मृर्गौला डायलायसिस, प्रसूतिमा शल्यक्रिया लगायतका सेवा उपलब्ध भएपछि यहाँ आउने बिरामी बढेका छन् । तर महिनौ दिनसम्म पनि अस्पतालले प्रमुख नपाउँदा यहाँबाट उपलब्ध गराइने सेवा र सुविधामा प्रभावित भएकोले सम्बन्धित निकायले समस्या समाधानको लागि पहल कदमी गर्नुपर्दछ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button