पर्खालले च्यापिएर मजदुरको मृत्यु

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १९ गते

अन्तराष्ट्रिय श्रमिक दिवस मनाईरहेको दिन सोमबार तनहुँमा एक मजुरको पर्खालले च्यापिएर मृत्यु भएको छ । विहान १०ः३० बजे व्यास नगरपालिका–नं. ४ बाघबजार स्थितमा रहेको दमौली पार्टी प्यालेसको पर्खाल भत्काउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपे स्थायी घर भई सदरमुकाम दमौलीमा मजदुर काम गर्दै आउनु आउनु भएका वर्ष ३२ को भिमबहादुर गुरुङलाई पर्खालले च्यापिएर टाउको समेतको भागमा चोट लागि गम्भिर घाईते भएकोमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । घाईते भएपछि गुरुङलाई उपचारको लागि दमौली अस्पतालमा लगिएकोमा आजै विहान ११ः१५ बजेको समयमा मृत्यु भएको, उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button