भानु नगरपालिकामा उत्पादन र उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दी खेती सुरु

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १९

तनहुँको भानु नगरपालिकाले चक्लाबन्दी खेतीलाई प्राथमिकता दिएको छ । बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन खेती सुरु गरिएको हो ।

खेतीयोग्य जमिन खण्डीकरण गरेर खेती गर्न कठिन हुने र साँध सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिन समेत घट्दै जाने कृषिमा लागत मूल्य घटाउन चक्लाबन्दी खेतीलाई प्राथमिकतामा राखि शुरुवात गरिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । स–साना जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अघि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकता दिईएको जानकारी उहाँले दिनुभयो । चाक्काबन्दीले लागत घट्ने हुँदा कृषिमा आकर्षण बढ्ने हुँदा खेतबारी बाँझो नहुने, सामूहिक रूपमा गर्दा सहज हुने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग गरी छिटो र छरितो रुपमा काम गर्न सकिने, जमिनको खण्डीकरण रोकिने र रोजगारीका अवसर सिर्जना हुने भएकोले प्राथमिकतामा दिईएको नगरपालिकाले जनाएको छ ।

खेती प्रणालीलाई व्यवस्थित गर्न, खेती योग्य जमिनको क्षेत्रफल बढाउ र बाँझो जमिनलाई सदुपयोग गर्न टेवा पुग्ने हँुँदा चक्लाबन्दीलाई विस्तार गरिनुपर्ने कृषि ज्ञानकेन्द्र तनहुँ पूर्व प्रमुख चेतनाथ अधिकारीले बताउनुभयो । खेतीयोग्य भूमि घट्दै गएकाले छरिएर रहेका जमीनलाई एकीकृत गरी उत्पादनमा वृद्धि गर्ने चक्काबन्दीले मद्धत पुग्ने उहाँले बताउनुभयो । ‘‘एकल परिवारको प्रचलनले जग्गा विखण्डीत भएर खेती गर्न कठिन हुनुका साथै सिमाना थपिँदै जाँदा खेतीयोग्य भूमि घट्दै गएकाले छरिएर रहेका जमीनलाई एकीकृत गरी उत्पादनमा वृद्धि गर्ने उहाँ बताउनुहुन्छ । ‘‘उत्पादन बढ्ने, खेती गर्न सजिलो र लागतम पनि कम हुने हुँदा नगर प्रमुखले चक्लाबन्दी खेतीलाई प्राथमिकता दिएको पाएको छु खुसी लागेको छ’’ अधिकारीले भन्नुभयो ।

खेतीयोग्य जमीनको अन्य प्रयोजनका लागि अतिक्रमण हुन नदिइ जर्गेना गर्ने, जग्गा बाँझो राख्ने र खण्डीकरण रोक्ने, खेती प्रणालीलाई रुपान्तरण र विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्ने यसको मूख्य उद्धेश्य रहेको छ । जग्गाको आली कान्ला कम गरि आधुनिक प्रविधिको सहायतामा कम लागतमा बढी उत्पादन गर्न चुँदीफाँटमा चक्लाबन्दी कार्यक्रम सुरु गरिएको यसलाई विस्तार गर्दै लैजाने उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग र भानु नगरपालिकाको सहकार्यमा भानु ४ को चुँदी कुमालगाउँमा चक्लाबन्दीको कार्यक्रम सुरु गरिएको छ । चुँदीरम्घाफाँटको क्षेत्रमा १ सय ७१ रोपनी क्षेत्रफलमा चक्लाबन्दी गर्ने कार्य भईरहेको वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनबहादुर बोहोराले जानकारी दिनुभयो । जग्गा चक्लाबन्दी गरि कृषिमा आधुनिकीकरण गरौं , खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनौं भन्ने नारा सहित खमलटारी बडहरे कृषक समूहले जग्गा चक्लाबन्दीको कार्यक्रमलाई अगाडि बढाएको समूहका अध्यक्ष बिनोद ओझाले जानकारी दिनुभयो । भानु नगरपालिकाको मूख्य फाँटहरु चुँदीफाँट, पुर्काेटको बडहरे फाँट, सतिघाट फाँट लगायतका फाँटहरुमा चक्लाबन्दी कार्यक्रमको लागि प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुसार गण्डकी प्रदेश सरकारको ८० प्रतिशत र पालिका र स्थानीय २० प्रतिशत लागत सहभागिता हुने गरी काम अघि बढी रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button