जग्गाको कित्ताकाट काम छिटो पुरा गरौं

तनहुँको म्याग्दे पालिकाभित्रका जग्गाको कित्ताकाट खुला गर्ने पहिलो पालिका बनेर राम्रो काम गरेको छ । सरकारले भू–उपयोग ऐन २०७६ बमोजिम जग्गाको वर्गीकरण नभएसम्म कित्ताकाट गर्न रोक लगाएपछि २०७९ श्रावणवाट जग्गाको कित्ताकाट बन्द भएको थियो । कित्ताकाट बन्द हुँदा विशेष गरेर मालपोतबाट हुने राजस्व घट्ने पुगेको थियो । जग्गाको वर्गिकरण पुरा भएकोले जग्गाको कित्ताकाट खुलेको हो । तनहुँका चार नगरपालिका र बाँकी ५ गाउँपालिका गरी १० वटै स्थानीय सरकारले काम छिटो गर्नु आवश्यक छ ।

भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले भुउपयोग ऐन २०७६ को दफा ४ तथा भुउपयोग नियमावली २०७९ को नियम ५, अनुसुचि १ मा भएको व्यवस्था समेतको आधारमा पालिकाले विभिन्न चरण पार गरेको पालिकाले जनाएको छ । म्याग्दे गाँउपालिका भित्रको जग्गा वर्गिकरण गरी स्थानीय भूउपयोग परिषद वाट स्विकृत गरी कार्यन्वयनको लागि वर्गिकरण पुस्तक संलग्न गरि नापी कार्यलय तनहुँ, मालपोत कार्यलयमा तनहुँ, संघिय भुउपयोग परिषद (भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालय, सिंहदरवार), नापी विभाग मिनभवन काठमाण्डौ, प्रदेश भुउपयोग परीषद (भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीवी निवारणमा पत्र पठाईसकेकोले अरु पालिकाले पनि त्यसमा ध्यान दिनु पर्दछ । जग्गाको वर्गिकरण सँगसगै अव गैरकृषि क्षेत्रमा ४ आना १ पैसा र कृषि क्षेत्रमा २ रोपनी जग्गाको कित्ताकाट गर्न वाटो खुलेको छ । यो निर्णय कार्यन्वयन सँगै पालिका भित्र जग्गाको कित्ताकाट सहज भएको छ । जुनसुकै काम पनि समयमा नै पुरा गर्नु स्थानीय सरकारको दायित्व हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button