व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने

दमौली खबर संवाददाता

दमौली, पुस २३ गते ।

तनहुँको व्यास नगरपालिकाले नीति कार्यक्रम, बजेट कार्यक्रमको संशोधन प्रस्ताव पेश गर्ने भएको छ । नगरपालिकाको पौष २२ गतको बैठकले सो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न विभिन्न प्रस्तावहरु पारित गरेको हो । यही पौष २८ गते हुन गइरहेको व्यास नगरपालिकाको ३८ औं नगर सभामा व्यास नगरपालिका स्वास्थ्य विधेयक, वन विधेयक, संघ संस्था दर्ता एवं नियमन विधेयक, शहरी योजना आयोग (गठन सञ्चालन) विधेयक, सवारी तथा यातायात व्यवस्थापन विधेयक, व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन(संशोधन) को प्रस्ताव पेश गरिने भएको हो ।

३७ औं नगर सभाबाट पारित नीति कार्यक्रम, बजेट कार्यक्रमको समिक्षा गरी संशोधन प्रस्ताव पेश गर्न नगर प्रमुख र उप–प्रमुखको नेतृत्वमा रहने राजश्व परामर्श समिति र बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई जिम्मा दिने निर्णय गरिएको प्रवत्ता जीवन गुरुङद्धारा जारी विज्ञेप्तीमा जनाईएको छ । ३८ औं नगर सभामा प्रस्ताव गर्ने अन्य विभिन्न प्रस्तावहरु पेश गर्न उप–प्रमुखको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष जीवन गुरुङ, वडा नं. ५ का अध्यक्ष विष्णु कुमार श्रेष्ठ र कार्यपालिका सदस्य चन्द्रमाया परियार रहेको ५ सदस्यीय प्रस्ताव समिति गठन गर्ने निर्णय गरियो ।

कार्यपालिका बैठकमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन सम्बन्धी मूल्याङ्कन प्रस्ताव पेश भई पारित गरिएको छ । व्यास नगरपालिका र राष्ट्रिय आवास तथा वस्ती उत्थानशील समन्वयसंग व्यास नगरपालिकाको विपद्जन्य सूचना एवं प्रतिकार्य क्षमता अभिबृद्दिका लागि सहकार्य गर्न सम्झौता गर्ने निर्णय गरिएको विज्ञप्तीमा जनाईएको छ । व्यास नगरपालिकाको कुल वजेट कार्यक्रम अन्तरगत चालु तर्फ २८ प्रतिशत र पूजीगत तर्फ १४ प्रतिशत खर्च भएको एवं कुल बजेट कार्यक्रम २२ प्रतिशत खर्च भएको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button