तनहँुकी सांसद कलिला सहित माधव नेपालका तीन सांसदलाई म्यासेन्जरबाट सोधियो स्पष्टीकरण

दमौली खबर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद गंगा चौधरी, तनहँुकी कलिला खातुन र समीना हुसेनलाई सामाजिक सञ्जाल म्यासेन्जरबाट स्पष्टीकरण सोधेका हुन् ।

अहिले कोरोना महामारी भएकाले भौतिक रुपमा पत्र पठाउन असम्भव भएकाले म्यासेन्जरबाटै स्पष्टीकरण सोधिएको तामाङले बताएका छन् । उनका अनुसार तीनै जनाले जवाफ दिइसकिएको छ । स्पष्टीकरणपछि सकारात्मक रुपमा स्पष्टीकरण आएको र तीन जनाको जवाफ अध्यक्षलाई दिइसकिएको पनि उनले बताए । स्पष्टीकरण पत्रमा नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको छ । र, यदि त्यसो हो भने सांसदबाट कारबाही किन नगर्ने भन्ने पनि सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button