म्याग्देको मनहरीमा खानेपानी ट्यांकीमा महिलाको शव भेटियो दुर्घन्धित पानी खाँदा स्थानीय विरामी

दमौली खबर संवाददाता

दमौली,चैत १३

म्याग्दे गाउँपालिका ४ मनहरि स्थित खानेपानीको ट्यांकीमा आइतबार महिलाको लाश सडेगलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताउनुभयो । नामथर वतन नखुलेकी महिलाको लाश सडेगलेको अवस्थामा भेटिएको हो प्रहरी निरीक्षक शर्माले बताउनुभयो । ट्याकीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्यांकी चेक गर्ने क्रममा लाश देखेर प्रहरीमा खबर गरेका थिए ।

घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको टोलीले जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान शुरु गरेको बताइएको छ । मृतकको लाश पोष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको घटना स्थल पुगेका प्रहरी उपरीक्षक विष्टले बताए । केही समय अगाडि ति महिलाको कसैले हत्या गरी ट्यांकीमा फालेको हुन सक्ने अनुमान गरिएको छ ।

पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उपभोक्तमा ट्यांकीमा शव खबर पाएपछि मनोविज्ञानमा असर परी वान्ता गर्ने गरेको घिमिरले बताउनु भयो । खानेपानीको लागि बैकल्पिक व्यवस्था पालिकाले गर्न लागेको उहाँले जानकारी दिनुभयो । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।“दुई÷तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देख्यौँ”, मल्लले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button