चितुवाको आक्रमणबाट छिर्कनेमा बालकको ज्यान गयो

दमौली खबर संवाददाता
अमरराज नहर्की
तनहुँ, कात्तिक १५ गते । व्यास नगरपालिका–१२ छिर्कनेमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको घटना स्थलमै मृत्यु भएको छ ।
 जगदिश कँुँवरको ८ वर्षको छोरा अभिनव कुँवरको ज्यान गएको घटनास्थल पुग्नु भएका डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबार साँझ ६ः१५ घरको आँगनीमा बालक खेलीरहेको बेला चितुवाले आक्रमण गरी घर भन्दा दुई सय मिटर पर खरबारीमा लागेको उहाँले जानकारी दिनुभयो ।
चितुवाले बालक लगेपछि गाउँवासीहरु चिच्चाउँदै कराउँदै निस्किएको र खोजी गर्ने क्रममा खरबारीमा बालकलाई मृत अवस्थामा भटिएको श्रेष्ठले बताउनुभयो । ९ दिन अघि मात्रै तनहुँको बन्दिपुर गाउँपालिका ३ सिस्नेघारीमा ११ वर्षीय बिना चेपाङको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । नरभक्षी चितुवाको आक्रमणले बन्दीपुर गाउँपालिकाबासीहरु आतंकित हुँदै आएकोमा व्यास नगरपालिकामा पनि आतंक फैलिएको छ । पाँच वर्षको अवधिमा तनहुँमा १४ जना बालबालिकाको ज्यान गईसकेको छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button