व्याजको लोभमा नफसौं

नेपालीमा एउटा भनाई छ लोभले लाभ, लाभले विलाभ भन्ने । यो भनाईसँग ठ्याक्कै मेल खान्छ दमौलीको एक घटना ।
व्यास नगरपालिका वडा नं. २ न्यूरोड टोलमा विगत लामो समय देखी सञ्चालित सबनम कपडा पसल सञ्चालन गर्दै आइरहेका धनुषाका महमद नुर आलमले विभिन्न व्यक्तिहरुबाट ठुलो रकम उठाएर परिवार सहित फरार भएका घटना यो भनाईसँग ठ्याक्कै मेल खान्छ । ठगेर खान खोज्नु व्यक्तिको महाभुल हो तर बढी व्याज पाउने लोभले फस्नु पनि अर्को भुल हो ।  दशैं अगाडी देखिनै  परिवार सहित आफुले सञ्चालन गरेको कपडा पसलमा ताला लगाइ भागेपछि दमौली वरपरका विभिन्न व्यक्तिहरुको एक करोड भन्दा बढि रकम उठ्ने नउ्ठ्ने कुनै ठेगान छैन् । यस्तो अवस्था आउनु विडम्बना हो । त्यस्ता व्यक्तिको भ्रममा परेर रकम फसाउन हुँदैनथ्यो । तर यसरी फसेपनि स्थानीय प्रशासन र प्रहरीले चासो दिएर फरार व्यक्तिलाई खोजर कठघरामा ल्याउन पहल कदमी गर्नुपर्दछ ।
लामो समय देखी पसल बन्द भएपछि घरधनी राममाया श्रेष्ठले वडा कार्यालयमा उजुरी दिनु भएको थियो  । उजुरीको म्याद पुगेपछि व्यास नगरपासलिका २ का वडाध्यक्ष काशीराम श्रेष्ठ,व्यास, व्यास नगरपालिकाका प्रशासकिय अधिकृत रामचन्द्र हड्खले, व्यास–२ का वडास सदस्य सुरेश वाग्ले, नगरप्रहरी सहायक निरिक्षक आशिक परियार लगायतको टोलीले उक्त पसलमा लगाइएको ताला मंगलवार खोलेको छ । ताला खोलेपछि सरजीमिन मुचुल्का उठाई ६ महिना सम्म उक्त समान राख्ने र कानुन बमोजिम अगाडी बढ्ने बताईएको छ तर फसेको रकम उठ््ने बारे कुनै ठेगान नै छैन ।  ठगी गर्नेको खोजी गरेर जेलमा राख्ने र उचित क्षतिपूर्तिको लागि पहलकदमी राख्न ढिलो गर्नु हुँदैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button