क्षेत्र नं.२ को (क) बाट नागिला बलियो उम्मेदवार

दमौली खबर संवाददाता
तनहुँ, भदौ १९ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तनहुँको निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सदस्यको उम्मेदवारमा अजुर्न नागिलालाई बलियो ठानिएको छ । व्यास नगरपालिकाबाट नागिला मात्रै छनोटमा परेकाले बलियो ठानिएको हो ।
अन्य छनोटमा परेकाहरु कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिववहादुर महत, शेषमणि आचार्य,  र राधादेवी महत क्षेत्री शुक्लागण्डकीको हुनुहुन्छ । व्यास नगरपालिका भुगोलबाट नागिला मात्रै सिफारिस भएकाले बलियो मानिएको एमाले जिल्ला कमिटीका एक सदस्यले बताउनुभयो  । ‘शुक्लागण्डकीबाट आकांक्षी धेरै भएको र व्यासमा एक जना मात्रै भएकोले नागिलालाई बलियो मानिएको छ’ उहाँले भन्नुभयो । नागिला एमाले जिल्ला सदस्य हुनुहुन्छ ।  विपन्नलाई स्वास्थ्य उपचारमा मद्धत गर्ने कोभिडको समयमा खाद्यान्न सहयोग गर्ने जस्ता कार्यले  जनतामाझ लोकप्रिय भएकोले नागिला छनोट पर्ने सम्भावना रहेको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा नागिला काँग्रेसको व्यास नगरपालिका वडा नम्बर ६ मा झिनो मतान्तरले पराजित हुनु भएको थियो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार भारी अन्तरले पराजित हुनु भएको थियो । नागिला व्यास नगरपालिका –६ शिसाघाटमा बस्नुहुन्छ । बाल्यकाल देखि नै उहाँको पिता नेत्रप्रसाद नागिलाको राजनीतिक तथा सामाजिक कार्यबाट  नागिलाको राजनीतिमा झुकाव भएको थियो । नागिला एमाले निकट भूपू सैनिक तथा प्रहरी संगठनको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक हुनुहुन्छ । नेपाली सेनाको सुवेदारबाट सेवा निवृत्त भएपछि नागिला राजनीति तथा समाजसेवा दुवै एकै साथ अघि बढाईरहनु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button