पृथ्वी राजमार्ग सुचारु

अवरुद्ध भएको पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडक खण्ड सुचारु भएको छ । उक्त ठाउँमा अवरुद्ध सडक पहिरो पन्छाएपछि यातायातका साधन सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
थर्पु बजार नजिकै अत्याधिक रुपमा बढेको राप्ती खोलाका कारण समेत यातायात अवरुद्ध बनेको थियो । सडकमाथि बाटै खोला बग्न थालेपछि अवरुद्ध बनेको यातायातका साधनहरु बाढी घटेपछि गन्तव्यतर्फ लागेको स्थानीय भिमलाल श्रेष्ठले बताउनुभयो । शनिबार रातिदेखि अविरल रुपमा आएको वर्षाका कारण म्याग्दे गाउँपालिकाको मौरी ओडारमा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button