म्याग्देमा महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान

दमौली खबर संवाददाता

दमौली, माघ २३

तनहुँको म्याग्दे गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यले सञ्चालन गरिको अचार बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसायिक अचार वनाउने तालिम प्रदान गरिएको हो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले तालिमको समापन गर्दै सिपलाई व्यवहारमा प्रयोग गर्न सके किसानहरुले उल्लेख्य आम्दानी गर्न सक्ने बताउनुभयो । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सिकेको सिपवाट कुनै पनि व्यक्ति परनिर्भर नभई आत्मनिर्भर हुने बताए । कार्यक्रममा म्याग्दे वडा नं. २ का अध्यक्ष शिव वहादुर रानाभाट, प्रशिक्षक गायत्री नेपाली, उद्यमी विष्णु वहादुर रानाभाट लगायतकाले फुर्सदमा अचार वनाई आम्दानी गर्न सकिने धारणा व्यक्त गर्नुभयो । ५ दिने उक्त तालिममा १२ वटा टोल विकास संस्थाका २४ जना सहभागी रहेको म्याग्दे गाउँपालिकाका अधिकृत प्रदिप न्यौपानेले जानकारी दिनुभयो ।

तालिममा लसुन, खुर्सानी, मेथी, कागती, मासु, काउली, च्याउ, गोलभेडा, माछा लगायतका १५ प्रकारका अचार बनाउने विषयमा प्रशिक्षण दिइएको गायत्री नेपालीले जानकारी दिनुभयो । केही समय अघि म्याग्देले पोते बनाउने, दुबोको माला बनाउने लगायतको तालिम प्रदान गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button