बुल्दी खोला पुल उद्घाटनको विवाद पत्रकार सम्मेलन गर्दै गर्जिए नेकपाका माननिय

यहाँको व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडक अन्तर्गत बुल्दी खोलामा निर्माण भएको पक्की मोटरेबल पुलको विहीबार दिउँसो नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरे । प्रशासनले जारी गरेको निषधाज्ञा तोड्दै बुधबार पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टामा छाड्यो । सोही दिन नेकपा समर्थकले पौडेलले उद्घाटन गर्न नमिल्ने भन्दै सदरमुकाम दमौलीमा बिरोध प्रदर्शन गरेका थिए । प्रशासनले रोकेपछि बुधबार पौडेलको बाहुलीबाट उद्घाटन गर्न नपाएपछि नेपाली कांग्रेसले हजारौ नेता कार्यकर्तासंगै केन्द्रिय सदस्य दमौलीमा उतारेर शक्ति प्रदर्शन गर्दै उद्घाटन गरी छाड्यो ।

दुई बर्ष अगावै निर्मित पुल उद्घाटन गरेर जस लिनलाई भएको तछाडमछाडले नेपाली राजनितीलाई नै तंरगित बनायो । पुल उद्घाटन भएपछि बुल्दीखोला पुलको विवाद सेलायो की भनेर सर्वसाधरणले साोच्न भ्याए होलान् । तर, सत्तापक्ष र प्रतिपक्ष दलबिचको उक्त विवाद झनै बढ्दै गएको छ । विहीबार साँझ नेकपाका स्थायि कमिटि सदस्य समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पुल निर्माणको विवरण सहितको प्रेस विज्ञप्ती जारी गर्दै सरकार सम्बन्धित कार्यालयसंग समन्वय नगरीकन पार्टीको दलबल सहित कथित उपभोक्ता समितिको आयोजनामा अनाधिकृत तवरले पुल उद्घाटन गरिनु हास्यस्पद र लज्जास्पद भएको उल्लेख गरे । पुल उद्घाटनलाई राजनितीक प्रतिष्ठा बनाउनु तनहुँका सिङ्गो नेपाली कांग्रेस र नेता कार्यकर्तामा पलाएको हिनग्रन्थीले उत्पन्न बहुलठ्ठीपुर्ण क्रियाकलाप भएको आरोप लगाए । यतिमा मात्र पुल उद्घाटनको विवाद सेलाएन ।

शुक्रबार दिउँसो प्रतिनिधीसभामा निर्वाचित भएका तनहुँका सांसदद्धय किसान श्रेष्ठ र केदार सिग्देल, समानुपातिक कोटामा प्रतिनिधीसभा सांसद बनेकी कलिला खानसंगै राष्ट्रियसभा सदस्यमा निर्वाचित भगवती न्यौपाने र गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले ‘तनहुँमा उत्पन्न समसामयिक परिस्थिती र क्षेत्राधिकारका सवालमा’ पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस नेता पौडेलले बुल्दी खोला पुल उद्घाटन गरेको बिरोधमा गर्जिए । विहीबार पुल उद्घाटन कार्यक्रम सम्बोधनको क्रममा कांग्रेसका नेताले उठाएको एक–एक प्रश्नको प्रतिउत्तर पनि फर्काए ।

रामचन्द्रलाई चुनावमा हराएर तनहुँ क्षेत्र नम्बर १ बाट सांसद बनेका किसान श्रेष्ठले जसको सरकार छ उसैले उद्घाटन गर्न पाउनुपर्ने दाबी गरे । ‘यदि उद्घाटन गर्ने रहर भए हामीलाई भन्नुस् । रामचन्द्र पौडेल जी मात्रै हैन् जो कोही आउनुस, हामी तयार छौँ । उहाँलाई अगाडी लाएर,उहाँको हातबाट रिवन काटेर उद्घाटन गर्न दिन्छौँ ।यस्ता दर्जनौ पुल हामी बनाईदिन्छौँ’, उनले भने । नेकपाको कारण नभई कांग्रेसको कारण तनहुँको इज्जत गुम्दै गएको उनको आरोप छ । उनले अगाडी थपे, ‘हामी त नमुना तनहुँ बनाउन लागी परेका छौँ ।’ बुधबारको घटनामा आफुलाई जोडेर बद्नाम गर्न खोजिएको उनको भनाई छ । निषेधाज्ञा गर्न सक्ने भए भोलिपल्ट पनि जारी गर्ने उनले बताए ।

श्रेष्ठले कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले आफुलाई दलाली हो भन्दै केपी ओलीले सम्पत्ती शुद्धीकरणको बागडोर नसम्हालेको भए कानुनी कठघरमा आउछ भनेकोमा आपत्ति जनाउदै आफु व्यपारीक पृष्ठभुमी भएको तर राजनिती मात्रै गरेको प्रदिपको सम्पत्ति छानविन गर्नुपर्ने टिप्पणी गरे । झुट्टा कुरा गर्दै जनतामा अफवाह फैलाउने काम बन्द गर्न श्रेष्ठको कांग्रेसका नेताहरुलाई सुझाव थियो । तनहुँ क्षेत्र नम्बर २ का सांसद तथा नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले निर्वाचित जनप्रतिनिधीलाई थाहै नदिइ निर्वाचनमा पराजित भएकाले बिकासे आयोजनाको उद्घाटन गर्दै हिड्दा लोकतन्त्रको खिल्ली उडेको बताए । पुल उद्घाटनमा विवाद भएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले निषेधाज्ञा जारी गर्नु जायज भएको उनको भनाई छ ।

सिग्देलले व्यास नगरपालिकामार्फत भएका विकास योजनाको विपक्षी पार्टीका नेताले आफूखुशी उद्घाटन र शिलान्यास गर्दै हिँडे के हुन्छ भनेर प्रश्न गरे । उद्घाटनको बेला चर्चित बनेको बुल्दी खोला पुल तत्कालीन जिल्ला बिकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण (एसएनआरटिपी) परियोजनाअन्र्तगत निर्माण भएको हो । यो पुलको २०७३ वैशाखमा निर्माण भएर २०७५ कार्तिकमा सम्पन्न गरिएको थियो । २ करोड ५४ लाख रुपैयाँमा २ बर्ष अगावै निर्माण सम्पन्न भएतापनि पुलको उद्घाटन भएको थिएन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button