भविष्य निर्माण बाल क्बल जस्तै काम गर्ने कि

बालबालिका भविष्यका कणधार हुन् । बालबालिकालाई चौतर्फी विकासको लागि सरोकारवालाले वातावरण निर्माण गर्नुपर्दछ । विभिन्न वातावरण मध्ये बालबालिका आफै अग्रसर भएर काम गर्ने अवसर दिईयो भने उनिहरुको सीप विकासमा दक्षतामा अभिवृद्धि हुन्छ । बालबालिकाले स्वएम् गरे भने बढी प्रभावकारी हुन्छ । विशेष गरी उनिहरुमा नेतृत्व गर्ने बानीको विकास हुन्छ । बालबालिकाले अवसर पाए भने कार्यक्रमहरु सफल रुपमा सम्पन्न हुन्छन् । सफल रुपमा सम्पन्न भएका विभिन्न कार्यक्रमहरु मध्ये व्यास नगरपालिका–२ स्थित भविष्य निर्माण बाल क्लबले दमौली स्थित बालमन्दिर विद्यालयमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गरेर राम्रो काम गरेको छ ।
      यसको यस क्लबका सबै टिम धन्यवादको पात्र बनेका छन् । उनिहरु आफै सक्रिय भएर काम गर्दा अतिरिक्त क्रियाकलापमा सबै बालिकाहरुलाई ध्यान तान्न मद्धत पुग्दछ । बालबलिकाले खेलकुद, साहित्यिक, कला आदि क्षेत्रमा पनि प्रतियोगिता गराउने मौका दिने हो भने सीप विकासमा ठुलो टेवा पुग्दछ । माछा मारेर दिनु भन्दा माछा मार्न सिकाउनु उपयुक्त हुने भएकोले बालबालिकाकै सहभागीमा बाल प्रतियोगिता गराउनु उपयुक्त हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button