स्थानिय निकायमा महिलाको सहभागिता

स्थानिय निकायमा महिलाको सहभागिता

संघिय सरकार आएपछि अहिलेको तीन तहको सरकार रहेको छ । अहिलेको हरेक तहको निकायको क्षेत्रमा महिलाको भूमिका न्युन रहेको छ । आजभन्दा झण्डै १७ वर्षअगाडि नै स्थानीय निकायमा महिलाहरूको उल्लेखनीय सहभागिता थियो भन्ने देखाउँछ। यो सुरुआत थियो, त्यसपछिका दिनमा त्यो सहभागिता झन् फराकिलो हुने थियो।  उनीहरूलाई राज्यका नीति निर्माण तहको तल्लो इकाई स्थानीय निकायमा उल्लेखनीय स्थानमा स्थापित गर्न सकियो भने नेपाली समाजमा त्यसको बहुआयामिक असर पर्नेछ। एउटा पुरुष सभ्य शिक्षित भयो भने ऊ एक्लै हुन्छ तर एउटा महिला सभ्य शिक्षित भइन् भने पूरै परिवार शिक्षित हुन्छ भन्ने भनाइ छ। यसै तथ्यलाई महिला सबल भएमा परिवार सबल हुन्छ भनेर पनि बुझदा अर्घेलो हुँदैन। स्थानीय निकायमा हुने निर्वाचनमा महिलाहरूको उपस्थिति बढाउन सकियो भने नेपाली समाज नै समृद्धिको बाटोमा अग्रसर हुनेछ। महिलाहरूले बनाउने योजना पनि बढी व्यावहारिक र त्यसको कार्यान्वयन पक्ष पनि बढी प्रभावकारी हुने देखिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button