खोलामा पुल नहुँदा जोखिम मोलेर पढ्न जान्छन् विद्यार्थी

दमौली खबर संवाददाता

तनहुँ, असार २४ गते । खोलामा पुल नहुँदा तनहुँको व्यास नगरपालिका–११ सेरा स्थित वसन्त आधारभूत विद्यालयमा अध्ययन गर्ने ४ वर्षिय युविना थापा खोलामा बगेर घाइते हुनुभयो । विद्यालय नजिकैैको बुल्दी असार २ गते खोलाले बगाएर पछि सख्त घाईते हुनु भएकी बालिका युविनाको पोखरा स्थित फिष्टेल अस्पतालमा उपचार भईरहेको छ ।

युविनामात्रै नभई वर्षायाम जोखिम मोलेर नै खोला तर्न बाध्य छन् विद्यार्थीहरु । पुल नभएकोले स्थानीयवासीका लागि खोला वारपार नगरी धरै छैन । पुल नभएको ठाडो खोला उर्लिएर आउने भएकोले बालबालिकालाई खोला तार्न अभिभावन नै आउनु पर्ने बाध्यता रहेको छ । अभिभावक नभएको बेला त्यसैले ज्यान हत्केलामा राखेर हरेक दिन तर्नुपर्दा स्थानीय फर्केर सकुशल घर पुग्ने टुङगो नहुने बताउँछन् । वर्षौंदेखि खोलामा पुल बन्न सकेको छैन । यसले गर्दा वसन्त आधारभूत विद्यालयमा अध्ययन गर्ने ४५ जना विद्यार्थीहरु लाई खोला तर्न समस्या परेको सो विद्यालयका प्रधानाध्यापक माधव खनालले जानकारी दिनुभयो ।

सो विद्यालय अतिरिक्त सेरा, घाँसीकुवा र बेल्टारीफाँटमा पुल नहुँदा, दमौली स्थित सत्यवती माध्यामिक विद्यालय, निर्मल माध्यामिक विद्यालय, जलदेवी माध्यामिक विद्यालय, व्यास नगरपालिका–११ फराकचौर स्थित वाराही माध्यमिक विद्यालय, व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यामिक विद्यालय, विभिन्न निजी विद्यालयमा अध्ययन गर्ने दुई सय भन्दा धेरै विद्यार्थीलाई आवत जावतमा समस्या परेको प्रधानाध्यापक खनालले जानकारी दिनुभयो ।

खोलाले गर्दा विद्यार्थीको हरेक वर्ष असार, साउन र भदौ महिनामा पढाइमा बाधा पुग्ने उहाँ बताउनुहुन्छ । पुल नहुँदा विद्यार्थी आवत जावतमा समस्या पर्नुका साथै कृषि उपज बिक्रीवितरणको लागि समस्या भएपनि सम्बन्धित निकायको ध्यान जान नसकेको व्यास नगरपालिका–११ सेराका कृषक रमेश आचार्य बताउनुहुन्छ । यस क्षेत्रका बासिन्दाको राजनीतिक पहुँच नहुँदा सदरमुकाम दमौली आवतजावत गर्ने मूलसडकमा पर्ने उक्त खोलामा पुल निर्माण हुन नसकेको आचार्यको भनाई छ । कृषक आचार्य नियमित रुपमा दुध र तरकारी सदरमुकाम दमौलीमा बेच्ने गर्नुहुन्छ । वडा नम्बर ११ को सेरा र वडा नम्बर ११ पोल्याङ र वडा नम्बर १२ को घाँसीकुवा जोड्ने दुई स्थानमा दुध र तरकारी बेच्न ज्यानको जोखिम पूर्ण तरिकाले खोला तर्नु परेको आचार्य बताउनुहुन्छ । बुल्दी खोला तीन स्थानमा पुल बन्न आवश्यक भएपनि नहुँदा समस्यामा परेको स्थानीयको भनाई छ । वर्षायामा पानी धेरै हुँदा कल्भटमाथीबाट पानी बग्ने हुँदा स्थानीयले जोखिम मोलेर आवजावत गर्ने गरेको युवा व्यावसायी व्यास नगरपालिका–११ पोल्याङ, खनाल गाउँका भानुभक्त सोतीले जानकारी दिनुभयो । सोती सदरमुकाम दमौली ल्याई दुध बिक्री गर्नुहुन्छ ।

यस क्षेत्रमा पर्ने तनहुँसुर, फराकचौर, बेल्टार, पोल्याङ, जिम्मालगाउँ, बोर्धन, सेरा, मुलपानी लगायतका गाँउका बासिन्दा प्रभावित हुने गरेको लगायतका विद्यार्थीलाई खोला तर्न र कृषि उपज विक्री वितरण गर्न समस्या परेको सोती बताउनुहुन्छ । ‘कल्भट माथिबाट पानी जाने हुँदा सवारी आवत जावतमा समस्या कृषि उपजको विक्रीको लागि समस्या पर्ने र विद्यार्थीलाई खोलाले बगाउँछ कि भन्ने डर हुने गर्छ’ सोतीले भन्नुभयो । पानी परेका बेला अभिभावकको सहयोग बिना विद्यालय जान नसक्ने वसन्त आधारभूत विद्यालयको शिक्षक शर्मिला ओझा बताउनुहुन्छ । ‘ठूला कक्षाका विद्यार्थी त जोखिम मोलेर आवज जावत गर्छ सानो कक्षाका विद्यार्थीहरु खोला तर्नुपर्छ भन्ने डरले विद्यालय नआउने गरेको ओझा बताउनुहुन्छ । पुल निर्माणको लागि धेरै पटक सम्बन्धित निकायको ध्यानाकर्षण गर्दा पनि पुल निर्माण नभएकोले विद्यार्थीको पढाई प्रभावित भएको सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम मगरले बताउनुभयो ।

व्यास नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर दुराले आफूले चुनावको बेला नै खोलामा पुल हाल्ने प्रतिबद्धता व्यक्त गरेको र सो पुरा गर्न गर्न सम्बन्धित निकायलाई दबाब दिएको जानकारी दिनुभयो । ‘आगामी आर्थिक वर्षमा बजेट निकासी हुने प्रतिबद्धता प्राप्त भएको छ मेरो कार्यकालमा पुल बनाएर नै छाड्छु, वडाध्यक्ष दुराले भन्नुभयो । नगरले छान्ने योजनामा पुललाई प्राथमिकता दिएर नगरपालिकामा पेश भएको नगरपालिकाले प्रदेश र सङ्घ सरकारसँग समन्वय गरिराखेको दुराले जानकारी दिनुभयो । वडा नम्बर ११ को तातोपानी, बोर्धन र सेरा जोड्ने पुल बजेट विनियोजन भईसकेकोले आगामी वर्ष नै डेन्डर पर्ने सम्भावन रहेको दुराले बताउनुभयो ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button