शुक्लागण्डकी नगरपालिकाको बजेट पारित

दुलेगौंडा, २९ असार । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको बुधबार बजेट पारित गरेको छ । नगरसभा मार्फत एक अर्व ५१ करोड तीन लाख ८१ हजार २२० रुपैया बजेट पारित गरेको हो । नगरपालिकाले आगामी बर्षका लागि निति तथा कार्यक्रम भने असार दोस्रो साता नै पारित गरेको थियो । नगरपालिकाका उप्रमुख खुमबहादुर विक राजुले बजेट पारित भएसँगै नयाँ आर्थिक बर्षमा काम गर्न मार्ग प्रशस्त भएको बताएको बताउनुभयो ।

११ औँ नगरसभाले अन्य विभिन्न पाँच निर्णयहरु गरेको प्रवक्ता सचिन भुजेलले जानकारी दिनुभयो । नगरसभा मार्फत नगरपालिकामा उपप्रमुख विकको संयोजकत्वमा न्यायिक समिति गठन गरि अन्य दुई सदस्य चयन भएका छन् । न्यायिक समितिमा शुक्लागण्डकी १० बाट निर्वाचित वडासदस्य कुश्माखर खत्री र लक्ष्मी भण्डारीलाई सदस्यमामा चयन गरिएको छ । यस्तै वडा नम्बर–६ बाट वडासदस्यमा निर्वाचित भएका कुलकुमार कुमालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरिएको छ । लेखा समितिको सदस्यमा मदन श्रेष्ठ र ज्योति विक चयन भएको प्रवक्ता भुजेल जानकारी दिनुभयो । प्रवत्ता भुजेल जनमैत्री सेवालाई प्रभावकारी बनाउन विभिन्न १० कार्यविधिहरु समेत पारित गरेको जानकारी दिनुभयो । नगर सभाले सवारी तथा यातायात ब्यवस्थापन कार्यविधि, विपत ब्यवस्थापन सम्वन्धित कार्यविधि, सार्वजनिक जग्गा संरक्षण तथा उपभोग सम्वन्धि कार्यविधि, द्धन्द्द पिडित, बेपत्ता र घाईतेका परिवारलाई राहत उपलब्ध गराउन कार्यविधि, विपत राहत वितरण मापदण्ड कार्यविधि, कर्मचारी ईन्धन मापदण्ड, लोककल्याणकारी विज्ञापन दिने सम्वन्धि कार्यविधि सेवा प्रवाह सञ्चालन सम्वन्धि कार्यविधि, मेलमिलाप कर्ता परिचालन सम्वन्धि कार्यविधि र राष्ट्रिय प्राथमिकता प्राप्त योजनालाई नदिजन्य पदार्थ उपलब्ध गराउने सम्वन्धि कार्यविधि पारित भएको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button