भानु जयन्तीमा व्यास बोर्डिङ्गमा कविता प्रतियोगिता

दमौली, २९ असार । व्यास–२, अमरापुरी स्थित व्यास दिव्य ज्योति बोर्डिङ स्कूलले विद्यालयका विद्यार्थीहरु बीच कविता प्रतियोगिता गरेको छ । २०९औं भानु जयन्तीका अवसरमा प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुलाई तीन तहमा वर्गिकरण गरी नेपाली र अँग्रेजी माध्यममा सम्पन्न कविता वाचन प्रतियोगितामा नेपाली तर्फ कक्षा ५, ६ र ७ तहका विद्यार्थीहरु बीच गरिएको प्रतियोगितामा आँचल रसाइली प्रथम, आसिया खातून द्वितीय र अविनाश कुँवर तृतीय हुनु भएको भने कक्षा ८, ९ र १० तहका विद्यार्थीहरुबीच सम्पन्न प्रतियोगितामा बविन आचार्य प्रथम, कपिल रानाभाट द्वितीय र कविता आले तृतीय हुनुभयो । यसैगरी, अंग्रेजी माध्यममा सम्पन्न कविता प्रतियोगितामा नीलिमा ओझा प्रथम, अर्पण रिमाल द्वितीय, रोशन श्रेष्ठ र लक्ष्मी श्रेष्ठ सान्त्वना हुनु भयो । विद्यालय प्राङ्गणमा विद्यालयका शिक्षक गोविन्द श्रेष्ठको अध्यक्षतामा आयोजित कविता वाचन प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । उक्त अवसरमा शिक्षकहरु पुष्पराज खतिवडा, नविना सुनार, पुष्पराज ओझा, अमर थापा, केवल ओझा लगायतले नेपाली भाषा र साहित्यमा आदिकवि भानुभक्त आचार्यले पु¥याएको अतुलनीय योगदानको चर्चा गर्नु भएको थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button