सत्यवतीका कक्षा १२ का विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीको स्वागत

दमौली खबर संवाददाता
दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा कक्षा १२ पढ्ने विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरिएको हो ।
 स्वागत कार्यक्रममा विद्यार्थीको सास्कृतिक प्रस्तुतिले रौनकता प्रदान गरेको थियो । कार्यक्रमको व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैले उद्घाटन गर्नु भयो । सो अवसरमा उपप्रमुख दरैले यस्ता कार्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमम उत्सव लोहनीको अध्यक्षतामा भएको थियो ।
 कार्यक्रमा वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश वाग्ले, प्राज्ञिक विद्यार्थी परिषदका महासचिव रमेश कँडेल, शिक्षक अभिभावक संघको अध्यक्ष सोमराज सिग्देल, सदस्य विकास खनाल, विद्यार्थीहरु दिपा विक, सन्तोष सुनार, गणेश गिरी लगायतले विद्यार्थीको प्रतिभा देखाउनेका अतिरित्त जीवन उपयोगी प्रवचन समेत समावेश गरिएका यस्ता कार्यक्रमलाई निरन्तरता दिईनु उपयुक्त हुने कुरामा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button