रामेछापका कवि परियार कविता प्रतियोगितामा प्रथम

तनहुँ असार २९ गते । २०९ औ भानु जन्मजयन्तिको अवसरमा आदिकवि भानुभक्त आचार्यकै जन्मस्थल तनहुँको भानु नगरपालिका–४ चुँदीमा आयोजित राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम हुनु भएको छ । परियारले लेखेको ‘सूर्यममुखी फूल’ शीर्षकमा कविता प्रथम भएको हो । छनोटमा परेका १४ जनालाई पछि पादै २४० अङ्क ल्याएर परियार प्रथम हुनु भएको हो ।

प्रतियोगितामा ‘नजन्मिएका छोरीहरु’ शीर्षकमा पर्वतका तारानाथ पराजुली २३८ अङ्क ल्याएर द्वितीय, ‘प्रिय कविको सम्झना’ शीर्षकमा पर्वतकै लक्ष्मीदेवी गौडेल २३६ अङ्क ल्याई तृतीय हुनुभयो । त्यसैगरी ‘मुझरी गुराँस’ शीर्षकमा अछामका एमपि पाण्डे र ‘देश छोड्नु अघि’ शीर्षकमा मोरङ्गका केशव भण्डारी सान्त्वना भएको समितिका कार्यकारी निर्देशक शङकर रानाभाटले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न जिल्लाका १५ कविको सहभागिता रहेको थियो । ३५ जिल्लाबाट ११२ कविता प्राप्त भएकोमा प्रतियोगिताका लागि मूल्याङ्क समितिले १५ कविता वाचनको लागि छनोट गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु.२० हजार, द्वितीय हुनेलाई रु.१५ हजार, तृतीय हुनेलाई रु.१० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु.पाँच हजारका दरले पुरस्कार वितरण तथा प्रमणपत्र भानु जयन्तीको अवसरमा बुधबार प्रदान गरिएको कार्यकारी निर्देशक रानाभाटले जानकारी दिनुभयो । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले कविता प्रतियोगिता गरेको थियो ।

प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेल संयोजक रहनु भएको थियो । सदस्यमा प्राज्ञ धीरेन्द्र प्रेमर्षी र डा. विन्दु शर्मा हुनुहुन्थ्यो । यसैगरी भानुभक्तीय रामायण वाचन प्रतियोगितामा सुस्मिता तिमिल्सिना प्रथम, मधुकला आचार्य द्वितीय, सञ्जय श्रेष्ठ तृतीय, विदुर खनाल र केशवप्रकृति तिमिल्सिना सान्त्वना हुनु भएको छ । विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा अभिप्सा सापकोटा प्रथम, आयुष आचार्य द्वितीय, आशीर्वाद कट्टेल तृतीय, वीनाभक्त नेपाली र विनिषा श्रेष्ठ सान्त्वना हुनु भएको छ । विद्यालय स्तरीय खुला कविता प्रतियोगिता र भानुभक्तीय रचना वाचन प्रतियोगिता प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार र शात्वना दुई जनालाई २ हजारको पुस्कार प्रदान गरिएको छ । प्रतियोगितामा विजयीलाई पूर्वमन्त्री कृष्णकमार श्रेष्ठ किसानले प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा श्रेष्ठ भानुजन्मस्थल क्षेत्रको विकासको लागि निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम भानुजन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको अध्यक्षमा भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button