व्यास क्षेत्रलाई विश्वमाझ चिनाउनुपर्छ

व्यास क्षेत्रलाई विश्वमाझ चिनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

व्यास ३ व्यास गुफा परिसरमा श्री कृष्णद्वैपायन महर्षि वेदव्यास अवतरण दिवसको अवसरमा आयोजित वेद र विज्ञान विषयक प्रबचन कार्यक्रम वक्ताहरु सो कुरामा जोड दिनु भएको हो । वेदानुयायी प्रतिष्ठान केन्द्रीय कार्य समिति आयोजनामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीले व्यास क्षेत्र संसारकै महत्पूण भुमि भएको बताउनुभयो । संसारभरका मानिसलाई ध्यान र ज्ञानकोे भूमि व्यास क्षेत्रमा ल्याउने अभियानमा आफुहरू लागेको उहाँले बताउनुभयो । विश्व हिन्दु तथा ॐकार सम्मेलन गरेर व्यास क्षेत्रमा वेदव्यास विश्वविद्यालय बनाउने काम पनि आगामी दिनमा गरिने बताउनुभयो । महर्षि बैद्दिक फाउन्डेसनका अध्यक्ष डाक्टर दिपक प्रकाश बास्कोटाले पवित्र दिनमा गुरूपूणिमाको अवसरमा व्यास क्षेत्रमा आउन पाएको बताए । वेद भनेको ज्ञान हो विज्ञान भएको उनको दाबी थियो । व्यास क्षेत्रमा अन्तराष्ट्रिय गन्तव्य बनाउनको लागि स्थानिय जागरूक हुनुपर्ने बताउदै आफुले पहल गर्ने बताउनुभयो । किरात धर्म गुरु प्रा. डा. चन्द कुमार शेर्माले ध्यानबाट ज्ञान ज्ञानबाट विज्ञान जन्मने बताउनुभयो । नेपालको राजनीति र धर्मलाई सहि ट्याकमा ल्याउनको लागि धार्मिक र राजनीतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए । महर्षि वेदव्यासको महत्व निकै महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

वेदानुयायी प्रतिष्ठान केन्द्रिय कार्य समितिका अध्यक्ष कृष्णकान्त काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक मुकुन्दशरण उपाध्यायले वेद र विज्ञान बारे भनाई राख्नु भएको थियो । जैन धर्म अध्यक्ष नमन उपाध्याय, सनातन संस्कृति नेपाल सिनियर उपाध्यक्ष सोभाराम थापा, व्यास अध्यता काशीनाथ न्यौपाने लगायतले कार्यक्रममा राख्नु भएको थियो । शान्ति स्वरूपानन्द दामोदर वावाले धन्यवाद मन्तव्य वेदानुयायी प्रतिष्ठान केन्द्रीय कार्य समिति उपाध्यक्ष दुर्गाभक्त अधिकारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण समितिका महासचिव ऋषिराम ढुंगानाले गर्नु भएको थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button