गिरीलाई वरिष्ठ अधिवक्ताको उपाधि

दमौली , असार २९ गते । तनहुँका एक कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधी पाउनु भएको छ ।

ऋषिङ गाउँपालिकाको राम्जाकोट घर भई हाल दमौली निवासी परशुराम गिरीले वरिष्ठ अधिवक्ताको उपाधि पाउनु भएको हो । सर्वाेच्च अदालतको बुधबार बसेको पूर्ण वैठकले गिरीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो । नेपाल बार एसोशियसन पूर्व अध्यक्ष गिरी ३५ वर्ष अघि देखि कानुन व्यवसायीको रुपमा कार्यरत हुनुहुन्छ ।

कार्यकुशलता हुने हो भने सफलता मिल्छ भन्ने विश्वास जागेको छ अधिवक्ता गिरीले भन्नुभयो । ‘मेरो ३५ वर्ष लामो अनुभव र मेहनतको फल हो, वरिष्ठ अधिवक्ता गिरीले भन्नुभयो, मलाई थप जिम्मेवारी बनाएको छ’। गिरी नेपाल रेडक्रस सोसाईटी तनहुँको पूर्व अध्यक्ष, तनहुँ सञ्चार सहकारी सस्था लिमिटेडको निर्वतमान अध्यक्ष हुनुहुन्छ । गिरीलाई वरिष्ठ अधिवक्ताको उपाधि पाएपछि बधाई दिनेको भिड लागेको छ ।

भेटेर, टेलिफोनबाट बधाई प्राप्त भएको छ । वरिष्ठ अधिवक्ता बन्नु दुर्लभ अवसर भएकोले धेरैले बधाई दिएका हुन् । गिरीलाई बधाई थाप्न भ्याइ नभ्याईछ । तनहुँ सञ्चार सहकारीका अध्यक्ष हरिशरण पण्डित, सचिव माधव खनाल, स्टेशन म्यानेजर अमरराज नहर्कीले बधाई दिनु भएको छ । गिरीले मालपोत लाईन दमौलीमा ल फर्म सञ्चालन गर्नु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button