शिव पाञ्चायन माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

दमौली खबर संवाददाता
दमौली, मंसिर १२ । तनहुँको व्यास नगरपालिका– ३ देउराली नगर स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयमा सोमबार न्यानो कपडा वितरण गरिएको छ ।  विद्यालयका अक्षयकोषदाताले कृष्णकुमार श्रेष्ठले सहयोग गरेको स्विटर प्रदान गरिएको हो ।
न्यानो कपडा हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुभक्त न्यौपानेको सभापतित्वमा भएको थियो ।  व्यास नगरपालिकाका प्रथम मेयर ताराप्रसाद श्रेष्ठ, विशिष्ट अतिथि विद्यालय संस्थापक अध्यक्ष एवं जिल्ला समन्वय समितिका पूर्व उपप्रमुख पवित्रा पौडेल , वडा नं. ३ का कार्यवाहक अध्यक्ष दधिराज घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम बगाले, विद्यालयका प्र.अ.  बलराम वाग्ले, वि.व्य.स. सदस्यहरु सुनिमाया वि.क., दुर्गा काफ्ले, शि.अ.स. सदस्य माया रानाभाट, रुसिका मल्ल, हरिमाया वि.क., मञ्जू थापा, बिमल गुरुङ लगायत उपस्थितिमा वितरण गरिएको हो । कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थी भाइ बहिनीहरुलाई अक्षयकोषदाता श्रेष्ठले स्वर्गीय रेशमलाल श्रेष्ठ÷विष्णुमाया श्रेष्ठको स्मरणमा २८२ थान स्वीटर वितरण गर्नुभएको विद्यालयले जनाएको छ ।
 उक्त स्वीटर रु एक लाख २०हजार बराबर  रहेको अक्षयकोषदाता श्रेष्ठले जानकारी दिनुभयो । साथै उक्त कार्यक्रममा वडा नं. ३ का वडा सदस्य दधिराज घिमिरे १५ दर्जन कापी र १५ दर्जन सिसाकलम रु दश हजार मूल्य बराबरको स्टेशनरी सामग्री विद्यालयका प्रधानाध्यापक बलराम वाग्ले, वि.व्य.स. अध्यक्ष विष्णुभक्त न्यौपाने र शि.अ.सं. अध्यक्ष बाबुराम बगालेलाई हस्तान्तरण गर्नुभएको थियो  । न्यानो कपडा र स्टेशनरी समान पाउँदा  विद्यार्थीहरु निकै उत्साहित भएको विद्यालयका सूचना अधिकारी हेमलाल घिमिरेले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button