गाडी भाडामा यात्रु ठगिएपछि नेता जोशीले गरे खबरदारी

दमौली खबर संवाददाता दमौली,  २४ असार । व्यास नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात व्यवस्था विभागले निर्धारण गरेको भाडादर भन्दा बढी व्यवसायीले रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् । स्थानीय वासिन्दाको यस गुनासोलाई युवा नेता दीपकराज जोशीले खबरदारी गर्नु भएको छ । नेता जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत खबरदारी गर्नु भएको हो । व्यास नगरपालिका यस प्रति मौन बस्न नहुने जोशीले उल्लेख गर्नु भएको छ ।

दमौली बाट दुम्सीचौर जम्मा ७ किलोमिटर दुरीमा २० रुपैयाँ बढी भाडा लिने गरिएको उहाँले उल्लेख गर्नु भएको छ ।  बसले  ६० रूपैयाँ भाँडा लिएर २० रुपियाँ बढी लिएको नेता जोशीले जनाउनु भएको छ । दुम्सीचौर वस्ने नागरिकहरुले पटक पटक भाडा मिलाउन भने पनि नगरपालिका चुप लागेर बसेको छ, यातायात व्यवस्था विभाग को रेट अनुसार  ७ किलोमिटरको भाडा  ३५ देखि ४० रूपैयाँ हुनु पर्ने मा तेत्रो रकम असुल गरेर कस्ले कमिसन  खाएको छ त्यो पत्ता लगाउने काम गर्न पर्यो नगरबासीहरु ? भनेर जोशीले प्रश्न गर्नु भएको छ । यात्रुबाट धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि नेता जोशीले खबरदारी गर्नु भएको हो ।

गाडीको भाडादर सम्बन्धमा सम्बन्धित यातायात व्यवसायी समितिले तोकेभन्दा बढी रकम असुल्न नमिल्नेमा जोड दिइएको छ । नेता जोशीले यस अघि बुधबार  व्यास नगरपालिकाले बनाउन लागेको बहुउद्धेश्यीय भवन अनावश्यक रहेको धारणा उहाँले राख्नु भएको थियो ।  अहिले भाडा आइरहेको ठाउँलाई हटाएर २१ करोड बराबरको ऋण  ८.५% मा लिएर फेरि अर्को भवन किन बनाउँनु पर्यो ? भन्दै जोशीले प्रश्न गर्नु भएको थियो । व्यास नगरपालिकाको नगर प्रमुख उम्मेदर समेत रहनु भएका जोशी नगर प्रमुख वैकुष्ठ न्यौपानेलाई मङ्गलबार कार्यकक्षमा भेटेर नगरपालिकालाई आत्मनिर्भर बनाउने योजनामा खर्च गर्न सुझाव दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button