आइसोलेसन खाली, होम आइसोलेसनमा संक्रमीत

पछिल्लो समय होम आइसोलेसनमा बस्ने कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । अस्पताल तथा अन्य आइसोलेसनमा बस्न जाँदा खर्च आफैले व्यहोर्नुपर्ने चिन्ताले लक्षणयुक्त संक्रमितसमेत होम आइसोलेसन बस्न थालेका हुन् । स्वास्थ्य कार्यालय तनहँुका अनुसार यहाँका सक्रिय संक्रमितको ४५.३३ प्रतिशत अर्थात एक सय ३६ जना होम आइसोलेसनमा बसेका छन् ।कार्यालयका प्रमुख शंखरबाबु अधिकारीका अनुसार शनिबार सम्म तनहँुका ८० पुरुष र ५६ महिला होम आइसोलेसनमा बसेका हुन् । जबकि तनहँुमा दुई सय १ पुरुष र ९९ महिला गरी तीन सय जना सक्रिय संक्रमित रहेको अधिकारी बताउँछन् ।

उनका अनुसार तनहँुको स्थानिय तह तथा अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ४९ पुरुष र २८ महिला गरी ७७ रहेका छन् ।‘यहाँको अस्पताल तथा सरकार एवं नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा शय्या खालि भए पनि संक्रमितहरु होम आइसोलेसनमै बढी बसेका छन्,’ प्रमुख अधिकारीले भने, ’ अहिले आफै परीक्षण केन्द्रमा गई पिसिआर परीक्षण गर्ने गरेका छन् । त्यसैले धेरै जसो होम आइसोलेसनमा बसेको देखिन्छ ।’

एक सय ५८ शय्यामा ७७ मात्रै संक्रमित

तनहँुमा अस्पताल तथा सरकार एवं नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसन वार्डमा एक सय ५८ शैयाको व्यवस्था छ । तर ७७ जना संक्रमितमात्रै ती आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख शंखरबाबु अधिकारीमा अनुसार तनहँुका २ वटा अस्पताल तथा स्वास्थ्य संस्थाले व्यवस्था गरेको आइसोलेसनमा एकसय २० शैया रहेका छन् । जहाँ ६९ जनामात्रै संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय तनहँुका अनुसार ७० क्षमताको व्यासमा रहेको आइसोलेसनमा जम्मा २८ जना संक्रमित रहेका छन् ।

४ वटा आइसोलेसनमा ८ संक्रमित

त्यस्तै तनहँुका ४ वटा छुट्टाछुट्टै आइसोलेसन केन्द्रमा ३८ जना संक्रमित रहेका छन् । यी ४ वटा आइसोलेसनमा ३८ वटा शय्या रहेका छन् । जहाँ आँबुखैरेनी गाँउपालिकाले निर्माण गरेको १२ शैय्या खाली रहेको छ । त्यस्तै भिमाद नगरपालिकाको र देवघाट गाँउपालिकाको आईशोलेसन कक्ष खाली रहेको छ ।

तनहँुमा संक्रमितको संख्या ८ सय ३३

तनहँुमा शानिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ८ सय ३३ पुगेको छ । जसमध्ये ६ सय २६ पुरुष र दुई सय ७ महिला रहेका छन् । तनहँुको १० पालिका मध्ये सबैभन्दा बढी व्यास नगरपालिकामा संक्रमितको संख्या दुई सय ७२ पुगेको छ । जसमा एक सय ८४ पुरुष र ८८ महिला रहेका छन् । व्यास पछि शुक्लागण्डकी नपामा ९२ पुरुष र ४९ महिला गरी एक सय ४१ संक्रमित पुगेका छन् ।

संक्रमणले मर्ने ११ पुगे

तनहँुमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमा पुरुष ६ र महिला ५ रहेका छन् । यहाँका १० पालिका मध्ये सबैभन्दा बढी व्यास नपाका १ पुरुष र ३ महिला गरी ४ जनाको संक्रमण्को कारण मृत्यु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button