सत्यवती मा.विको ४८ औं वार्षिकोत्सव सम्पन्न छात्रवृत्ति पाएपछि विद्यार्थी फुरुङ्ग

आयुष खरेल व्यास नगरपालिकाको वडा नं २ मा रहेको सत्यवति माध्यमिक विद्यालयको कक्षा दुईमा अध्ययन गर्छन्। उनले आफनो अभिभावकलाई पनि सँगै विद्यालय ल्याएर आए । आयुषले कुमारी गुरुङ छात्रवृत्तिकोष बाट दुई हजार रुपैयाँ छात्रावृत्ति बुझे अनि अलि पर बसेको आफनो अभिभावकको हातमा थमाए ।

विद्यालयका प्रधानाध्यापक ईन्द्रप्रसाद पौडेलले हरेक कक्षामा पुगेर अभिभावकलाई सँगै लिएर विद्यालय आउनु, अनि बल्ल छात्रवृत्ति वितरण हुने जानकारी दिएका थिए। सोही अनुसार हरेक विद्यार्थीले अभिभावकलाई विद्यालय ल्याए। विद्यालयको ४५औं वार्षिकउत्सवको अवसरमा उक्त छात्रवृत्ति वितरण गरिएको थियो ।

विद्यार्थीले पाउने छात्रवृत्ति रकम बुझाउन विद्यालयले विद्यार्थीसँगै अभिभावकलाई बोलाउने गरेको छ। ‘अति विपन्न समुदायका बालबालिका यस विद्यालयमा पढ्छन्। दलित, विपन्न लगायत विभिन्न जातिका बालबालिकाले अध्ययन गर्ने भएकाले अभिभावकहरुलाई पनि छात्रवृत्ति वापत प्राप्त हुने रकमको बारेमा सजिलै जानकारी होस भनेर बोलाएका हौं’, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्यदेशभक्त अधिकारीले भने– ‘आफ्ना छोरा छोरीले कति रुपैयाँ छात्रवृत्ति पाउछन् भन्ने बारेमा अभिभावकलाई पनि जानकारी हुनुपर्ने भएकाले हरेक वर्ष अभिभावकलाई पनि बोलाउने गरेका हौं।’

जिल्लाको नमुना विद्यालय मध्ये एक हो सत्यवति माध्यमिक विद्यालय । अभिभावकलाई विद्यालयप्रति मायाममता जगाउन पनि अभिभावक दिवस बाहेक अन्य कार्यक्रमहरुमा पनि बोलाउने गरिएको विद्यालयका प्रधानाध्यापक पौडेलले बताए । ‘साना बालबालिका छन् । छात्रवृत्ति वाफत दिएको रकम हराएमा झनै समस्या हुने भएकाले अभिभावकलाई समेत सँगसँगै बोलाउने गरेका छौंं’, उनले भने– ‘अभिभावक र विद्यार्थीलाई सँगसँगै राख्दा प्राप्त हुने छात्रवृत्तिको रकम पनि सबैलाई जानकारी हुने हुँदा पारदर्शिता हुन्छ।’ यस वर्ष २२ जना विद्यार्थीले विभिन्न छात्रावृत्तिकोष मार्फत छात्रावृत्ति रकम पाएका छन् । कोरोनाको कहर रहेको भन्दै विद्यालयले सिमित व्यक्तित्वको उपस्थितीमा वार्षिकत्सव सम्पन्न गरेको छ । कार्यक्रममा प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले वार्षिक प्रतिवेदन पेश गरेका थिए । विद्यालयको शैक्षिक सत्र २०७६ कक्षा पिपी १ देखि९सम्मको उत्तीर्ण प्रतिशत १०० रहेको छ । अहिले विद्यालयमा रहेको ६४ वटा सेक्सनमा दुई हजार ७ सय ३० जना विद्यार्थी अध्यपन गर्ने गरेको प्र.अ पौडेलले बताए । कार्यक्रममा शि.अ.संघ अध्यक्ष रामचन्द्र सापकोटा, पूर्व अध्यक्ष एवं व्यास नगरका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठ, विव्यस सदस्य शुरेश वाग्ले, सन्तमान श्रेष्ठ, बिनु श्रेष्ठ, शि.अ.संघ सदस्थ माधव अधिकारी, सल्लाहकार मंगल प्रसाद श्रेष्ठ, पूर्व शि.अ.सं अध्यक्ष गोविन्द पन्थ, शिक्षक पुष्पकला भट्टराई, विद्यार्थी गौरब सापकोटा लगाएतले शुभकामना व्यक्त गरेका थिए । गत शैक्षिक सत्र २०७६मा सेक्सन, कक्षा र तहगत रुपमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै विद्यालयमा सञ्चालनमा रहेका भुवन स्मृती छात्रवृत्ति कोषका संस्थापक सीता अधिकारी, राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषका संस्थापक राजकुमार श्रेष्ठ, कुमारी गुरुङ्ग छात्रवृत्ति कोषका संस्थापक कुमारी गुरुङ्ग र मंगल प्रसाद श्रेष्ठले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

कार्यक्रममा यस वर्ष विद्यालयमा अक्षयकोष स्थापना गर्ने व्यास ३का राजकुमार श्रेष्ठ, व्यास ४का सरस्वती गुरुङ्ग र व्यास ११का झलकराज पौडेललाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक अशोक गिरीले गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button