दमौलीबाट पाँच सडक मानवको उद्धार

मानव सेवा आश्रम कास्कीले दमौलीबाट पाँच पुरुषको उद्धार गरेको छ । लामो समयदेखि मागेर खाने र प्रहरी कार्यालय नजिकै रहेको साँघेचोकस्थित प्रतिक्षालयमा बसोबास गर्दै आएका उनीहरुलाई उद्धार गरी लगिएको हो ।

उक्त संस्थामा आबद्ध नोमा थापाको सहयोगमा डम्बर सापकोटा, उमेश कार्की, खेमबहादुर परियार, एक वृद्ध र एक बालकलाई उद्धार गरी लगिएको मानव सेवा आश्रम कास्कीका जिल्ला संयोजक राजन सापकोटाले जानकारी दिए ।

विसं ०६९ मा हेटाँैडाबाट शुरु गरेको उक्त सामाजिक संस्थाले अहिले देशका १५ जिल्लामा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । कास्कीमा तीन वर्षअघिदेखि काम गर्दै आएको र हाल १२० जना रहेको उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button