रोटरीको सकरात्मक कार्य

जाडो मौसम भएकाले यतिबेला विपन्न परिवारलाई जाडो कसरी कटाउने भन्ने पिरलो हुन्छ । न्यानो सिरक र लुगा नहुँदा दाउरा बालेर आगो तापेर जाडो कटाउनु पर्ने बाध्यता धेरैको छ । गरीविले गर्दा न्यानो कपडाको अभावले गर्दा लुग लुग कामेर हिड्नु पर्ने बाध्यता कतिपयको छ । यस्तै बाध्यतामा रहेका तनहुँका दुई चेपाङवस्तीका बालबालिकालाई रोटरी क्लब अफ दमौलीले हालै न्यानो कपडा सहयोग गरेर सकरात्मक कार्य गरेको छ । चरम आर्थिक अभावबाट गुज्रिएका व्यास नगरपालिका वडा नं ११ स्थित राम्चे र भानु नगरपालिका वडा नं ६ मान्द्रेका सिमान्तकृत चेपाङ, दलित र आर्थिक विपन्नता भएका बालबालिकालाई क्लबले सहयोग गरेको हो ।

राम्चे स्थित सुर्योदय प्रावि र मान्द्रे स्थित कालिका प्राविमा पढने आर्थिक विपन्नता भएका बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री र व्यक्तिगत सरसफाइ सामग्री प्रदान गरेर अनुकरणीय काम गरेको छ । सुर्दोदयका ३२ जना बालबालिका सबैलाई र कालिकाका ६१ जना मध्ये आर्थिक अवस्था कमजोर भएका ३९ जना बालबालिकालाई ट्रयाक सुट,कापी, कलम, ब्रश, मन्जन, साबुन लगायतका सामग्री सहयोग गरिएको छ । आर्थिक अवस्था कमजोर भएर बालबालिकाहरु शिक्षाको अवसरबाट बञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष गरी चेपाङवस्तीका बालबालिकालाई लक्षित गरी सहयोग गरिएको कार्य प्रशंसानीय छ । अन्य क्लबले पनि यस्तै काम गर्ने कि ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button