भट्टराईलाई चुनाव जिताएर पठाउनुस् मन्त्री बनाउँछौंः प्रधानमन्त्री दाहाल

दमौली खबर संवाददाता

डुुम्रे, वैशाख ७ गते

तनहुँ १ को उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सत्ता गठबन्धनका शिर्ष नेताहरु लागि परेका छन् । शिर्ष नेताहरुले चुनाव जित्नु अघि नै मन्त्री बनाउने घोषणा गरेर मत मागेका छन् । बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टराईलाई मन्त्री बनाउने प्रतिवद्धता जनाउनु भएको थियो ।

‘‘गत मंसिरको चुनावमा यही मञ्चबाट रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउँछु भनेकोमा झन माथिको पद प्राप्त भएको भयो भट्टराईलाई अत्याधिक मतले जिताएर पठाउनुस् मन्त्री बनाउँछौं’’ दाहालले भन्नुभयो । ‘म देउवा सँगै छौं र देउवाले वचन दिनुभएको प्रधानमन्त्री म हुँ मन्त्री बनाउँछा’ै दाहालले भन्नुभयो भट्टराई त्याग र समर्पण गरेको यहि माटोमा हुर्केको ईमानदार र योग्य उम्मेदवार भएकोले गठवन्धनका दलले अत्याधिक मतका साथ जिताउने विस्वास आफुल्े लिएको उहाँले बताउनुभयो । वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गोविन्द भट्टराईले प्रस्तुत गर्नुभएको सबै विकासका योजना आफूहरुले पूरा गर्नुपर्ने प्रतिबद्धता जनाउनुभयो । तनहुँ आदिकवि भानुभक्त आचार्य, व्यासको जन्मस्थल लगायत ऐतिहासिक महत्व बोकेको राष्ट्रपतिको जन्मजिल्ला भएकोले विशेष पहिचान भएको उहाँले बताउनुभयो । ‘‘गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो” सभापति देउवाले भन्नुभयो । तनहुँमा सुविधा सम्पन्न अस्पताल र विश्वविद्यालय बनाउने भट्टराईको चाहना पूरा हुने सभापति देउवाले बताउनुभयो । साथै देउवाले भानुभक्तको जिल्लाले योग्य व्यक्ति राष्ट्रपति पाएको र अहिलेका उम्मेदवार गोविन्द भट्टराई पनि योग्य उम्मेदवार भएकोले मन्त्री पाउने बताउनुभयो । ‘‘भट्टराई जत्तिको योग्य व्यक्तिलाई जिताउनुस् मन्त्री बनाउने काम हाम्रो हो’’ देउवाले भन्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति सही दिशामा लैजाने जनताको चाहनालाई साकार पार्न अहिलेको गठबन्धन प्रतिबद्ध रहेको बताउनुभयो । “त्यसका लागि पनि वैशाख १० गतेको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताउनुभयो । वर्तमान सरकाले नै देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने वताउनुभयो । तनहुँलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने बारेमा समेत शीर्ष नेताबीच धेरै अगाडि छलफल भएको नेपालको भनाई थियो ।

त्यस्तै अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि लामो समय सम्म काम गरेका दलहरुलेनै त्यसमा विकाश र समृद्धि ल्याउने वताउनुभयो । ‘परिवर्तनको नाममा केही दलहरु उदाएका छन त्यस्ता दलहरुप्रति तत्काल विश्वास गर्ने वातावरण बनिनसकेको उहाँले बताउनुभयो । कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शङकर भण्डारी, सुरेन्द्र पाण्डे, कांग्रेसका क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराई लगायतका नेताहरुले गत मंसिरको भन्दा धेरै मत दिएर जिताउन मतदातालाई अनुरोध गर्दै सबै एकजुट भएर प्रचारमा हिड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं.१ का सभापति श्याम मौरतीको अध्यक्षतामा भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button