कविता : व्यापार

नौलो होइन चाहाना बिक्नु यो शहरमा जवानी बिक्छ
इमान जमान बिर्सिएर बसिदिने जमानी बिक्छ

उनको कुराको गरेकै हुँ बिरोध पाखुरा सुर्केरै उ बेला
भन्न त भन्थे बा ले कुबेर मात्रामै बेइमानी बिक्छ।।

आर्यघाट बिक्छ मोलमोलाइमा अन्तिम सत्य चिहानको के कुरा ?
रुप बिक्छ बिक्छ रुपैयाँ मिल्दा सम्म जहान नि बिक्छ

भो नगरौँ प्रेमको कुरा जात आफल्नु गहतको झोलमा
भन्थे दाजुले डाक्टरको बस्तीमा जाँदै नजानु परानी बिक्छ।।

खरिद बिक्रीमै ब्यस्त छ जमात गाएर भजन राष्ट्रियताको
पत्याउन्नथेँ म मन्दिरमा मेरो पराइ देशको खरानी बिक्छ।।

पिपला ढुंगाना– Pipala Dhungana

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button